महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्ने भन्दै अतिरिक्त क्रियाकलाप गर्न आवश्यक रहेको बताएका छन् । मंगलवार सुदूरपश्चिम विश्वविद्यालयको भ्वाईस अफ युनिभर्सिटीले आयोजना गरेको प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दैँ नगरप्रमुख बोगटीले यस्ता अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुमा रहेका प्रतिभाहरुको प्रस्फुटन गर्न सहयोग हुने बताएका हुन् ।
‘पढाई संगसंगै विद्यार्थीहरुको व्यक्तित्व विकास तथा प्रतिभाहरुको प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप गर्न अत्यन्तै आवश्यक छ ।’ उनले भने ‘हामीलेपनि भीमदत्त नगरपालिका मातहतका विद्यालयहरुमा यो आर्थिक वर्षबाट लागुहुने गरेर विद्यार्थीहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्फुटन गर्न प्रत्यक हप्ताको शुक्रवार ‘बुक फ्रि फ्राईडे’ कार्यक्रम संचालन गर्ने तयारी गरिरहेका छौँ ।’
यस्तै उनले पछिल्लो समय युवाहरु लागुऔषध दुव्र्यसनीमा फस्दै गइरहेको अवस्था रहेको भन्दैँ त्यसबाट युवाहरुलाई बचाउन समेत सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । भ्वाईस अफ युनिभर्सिटीले आयोजना गरेको उक्त प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा २२ वटा विद्यालयहरुले सहभागिता जनाएका भ्वाईस अफ युनिभर्सिटीका सचिव जगदिश जोशीले बताए ।
उनकाअनुसार उक्त प्रतियोगिताका प्रथम, द्धितृय र तृतिय हुने विद्यालयलाई क्रमश ५५ हजार ५ सय ५५, २२ हजार २ सय २२, ११ हजार १ सय ११ नगद पुरस्कार सहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिनेछ । भ्वाईस अफ युनिभर्सिटीका अध्यक्ष पुस्करराज पन्तको अध्यक्षता एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख बोगटीको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिता उद्धघाटन कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक, विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।