महेन्द्रनगर । भीमदत्त नगरपालिका र वेदकोट नगरपालिका सामुदायिक विद्यालयमा अनुगमन तथा भेटघाट कार्यक्रम सम्पन्नगरिएको छ । नेपाल क्यानडा टुरिज्म कल्चर ट्रेड नामक गैर सरकारी संस्थाले वेदकोटमा ३ वटा र भीमदत्त नगरपालिकामा १ गरी ४ वटा सामुदायिक विद्यालयमा खानेपानी, शौचालय सरसफाई, महिनावारी हुँदा छात्रहरुलाई दिईने सेनेटरी प्याड लगायतको अवस्था बारेमा अनुगमन गरिएको हो ।
वेदकोट वडा नम्वर ४ वगुनमा रहेको सिद्धनाथ वैजनाथ मा..वि, वडा नम्वर ७ गाउजीमा रहेको जनता मा.वि, वडा नम्वर ७ मा रहेको घटाल मा.वि र भीमदत्त नगरपालिका २ उल्टाखाममा रहेको सरस्वती मा.वि मा अनुगमन तथा भेटघाट कार्यक्रम गरिएको हो ।
विगतका दिनमा उक्त संस्थाले सबै विद्यालयमा खानेपानी, शौचालय सरसफाई, महिनावारी हुँदा छात्राहरुलाई दिईने सेनेटरी प्याडको प्रयोग लगायतका विषयमा कक्षा नै संचालन गरेको थियो अहिले उक्त विद्यालयमा कस्तो अस्था रहेको छ, कत्तिको परिवर्तन भएको भनेर हेर्नका लागी आफनो टोलीले अनुगमन गरेको संस्थाका अध्यक्ष नरबहादुर टण्डनले बताउनु भयो ।
विशेष गरेर छात्राहरुको शिक्षामा संख्या घटनु र त्यसमा पनि महिनावारी हुँदा कतिपयले विद्यालय नजाने घरमै बस्ने गरेको भएर पनि यो विषयमा कस्तो अवस्था रहेको भनेर विगतमा तथ्याङ लिने, कक्षाहरु संचालन गर्ने अभिमुखिकरणको आयोजना गर्ने गरेको बताउनु भयो ।
तिनै तहका सरकारलाई आरोप लगाउनु भन्दापनि आफुले के गर्न सकिन्छ, भनेर आफनो तर्फबाट सातै प्रदेशमा अहिले यो कार्यक्रम लागु गरी जनचेतना फैलाउने, जागरुक गराउने सरसफाई गराउनमा सहयोग गर्ने, महिनावारी हुँदा के के खानेकुराहरु खाने ? कस्तो व्यवहार गर्ने ? भन्ने जस्ता विषयमा छात्रछात्रालाई शिक्षकलाई राखेर कक्षा संचालन गरेर उनिहरुको व्यवहारमा परिवर्तन गर्ने लक्ष्य अनुरुप काम भईरहेको बताउनु भयो ।
कञ्चनपुरको भीमदत्त, वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका केही सामुदायिक विद्यालयहरु ठिक अवस्थामा रहेको भएपनि केही विद्यालयहरुमा अझै काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । सिद्धनाथ वैजनाथ मा..विवेदकोट नगर वडा नम्वर ४ वगुनका प्राधानाध्यापक भानुभक्त जोशीले आफनो विद्यालयमा पहिलेको तुलनामा धेरै परिवर्तन आएको बताउनु भयो ।
विगतमा विद्यार्थीहरुले जथाभावी फोहर गर्ने, स्यानेटरी प्याड जथाभावी फालिदिने गरेको पाईएको भएपनि विद्यालयमा संस्थाले अभिमुखिकरण गरेपछि अहिले विद्यार्थीहरुको बानीमा पनि पविर्तन आएको र विद्यालय छोडने छात्रको संख्यामा पनि कमी आएको बताउनु भयो । विगतमा पनि यो संस्थाले यसरी नै यस्तै अन्य कार्यक्रमहरु पनि संचालन गरिदिन आग्रह गर्नु भयो ।