पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा काेराेनाकाे उपचार गराइरहेका चार जनालाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
रौतहटका एक युवक र तीन जना भारतीय नागरिक गरी चार जना कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट निको भएपछि उनीहरुलाई आज डिस्चार्ज गर्ने तयारी भएको अस्पतालले जनाएको छ ।
उनीहरुको तीन पटकसम्मको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएकाले आज डिस्चार्ज गर्न लागिएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
तीन जना जना भारतीय नागरिकमा गएको चैत ३० गते तथा रौतहटका एक जनामा वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नारायणी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको थियो ।
अहिलेसम्म नेपालमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा शनिबारसम्ममा १२ जना निको भइसकेका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।
Comments are closed.