कञ्चनपुरमा ३४औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यताका साथ मनाईयो

महेन्द्रनगर । कञ्चनपुरमा ३४औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यताका साथ मनाईएको छ । ‘सम्मानित बुढ्यौली ः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ भन्ने नारासहित विश्वभर मनाइँएको छ । कञ्चनपुरमा पनि यो दिवस भव्यताको साथमा मनाईएको छ ।

भीमदत्त नगरपालिकाको हलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम मनाईएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल भीमदत्त नगर कार्य समितिको आयोजना उक्त दिवस मनाइएको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल संरक्षण युवा समिति अध्यक्ष पुरुषोत्तम अर्यालले जानकारी दिनु भयो ।

उक्त कार्यक्रमको सभाध्यक्षमा राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल भीमदत्त नगर कार्य समितिका अध्यक्ष डम्मर बहादुर सिंह रहनु भएको थियो भने,प्रमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा रहनु भएको थियो ।

यसैगरी,विशिष्ट अतिथीमा केन्द्रिय उपाध्यक्ष तथा सुदूपश्चिम ईन्चार्ज गंगाराम गिरी, सुदूरपश्चिम प्रदेश सचिव हरीसिंह भण्डराष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल संरक्षण युवा समिति अध्यक्ष पुरुषोत्तम अर्याल ारी, लगायतको उपश्थिती रहेको थियो ।

राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम भइरहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.