कञ्चनपुरमा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न प्रत्येक हप्ता अभियान संचालन हुने

महेन्द्रनगर । कञ्चनपुरमा सुर्तिजन्य पदार्थलाई नियन्त्रण गर्नका लागी प्रत्येक हप्ता अभियानको आयोजना हुने भएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने हाम्रो अभियान संचालनमा आउने भएको हो । बुधवार एक कार्यक्रमको आयोजना गर्दै बजारमा य्राली निकालिएको थियो ।

“स्वस्थ्य नागरिक सफा नगर हामी सबैको एउटै रहर” भन्ने मुल नाराको साथमा कार्यक्रमको आयोजना गरिएको हो । महिला मानव अधिकार रक्षक संजालको संयोजकत्वमा कार्यक्रमको आयोजना गरिएको संजालका अध्यक्ष भगवती थापाले बताउनु भयो । अबदेखी प्रत्येक हप्ताको शुक्रवार नियमित रुपमा बजार क्षेत्र लगायतमा यो अभियानको संचालन गरिने उहाँले बताउनु भयो ।

चाडपर्वलाई मात्रै लक्षित नभएर सदैव यसको अनुगमन हुनुपर्ने सुर्तीजन्य पदार्थ, मद्यपान, लागुऔषधहरु सबैको नियन्त्रण नहुँदा सम्म यो अभियान संचालन हुने संजालका अध्यक्ष थापाले बतबाउनु भयो । आज बाट सुरुवात भएको छ, साथै सरसफाईमा पनि विषेश ध्यान दिनको लागी पालिकालाई पनि ध्यानाकर्षण गरिएको, र त्यसको उतिचत व्यवस्थापन गरिनु पर्ने बताउनु भयो ।

जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्य र सजालका अध्यक्ष भगवती थापाको नेतुत्वमा कार्यक्रमको आयोजना गरिएको थियो । अब आउदो असोज १८ गते शुक्रबार साझ ४ बजे गैससको आयोजनामा संविधान चोकबाट अभियान शुरु हुने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.