महेन्द्रनगर । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पुगेको छ । प्रतिनिधि सभाको शिक्षा समितिमा दफावार छलफलका लागि विधेयक पुगेको हो । सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा पेस गरेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक २०८० माघ २९ गते पास भएको थियो ।
राष्ट्रिय सभाबाट पारित गरिएको विधेयक प्रतिनिधि सभाको समितिमा पुगेको हो । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापाले दुई पटक उक्त विधेयकमा छलफल भएको बताएका छन् । सङ्घर्ष समितिको ज्ञापन पत्र बुज्दै थापाले दुई पटक छलफल भएको र चाड पर्वपछिको प्रतिनिधि सभाको बैठकमा पेस गर्ने बताएका छन्।
कैलालीको गेटामा चिकित्सा शिक्षासहितको अस्पताल सञ्चालनका ऐन निर्माणको प्रक्रियामा रहेको हो। शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्य समेत रहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले दफावार छलफलका लागि गेटा विश्व विद्यालयको विधेयक समितिमा आएको बताए। उनले भने, ‘समितिले आफ्नो प्रतिवेदनसहित पेस गर्ने हो।
Comments are closed.