महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा ६२ वटा मन्दिरमा ७ करोड बजेट विनियोजन गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिकामा मात्रै २८ वटा मन्दिरका लागि ३ करोड बजेट विनियोजन गरिएको छ। धनगढीमा धार्मिक क्षेत्रको भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको हो।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित शिव मन्दिर घेरवार तथा हवन कुण्ड निर्माणका गर्न ७ लाख, वडा नम्बर ७ स्थित शिव मन्दिर गौडीका लागि ७ लाख, वडा नम्बर १३ स्थित डिलाशैनी मन्दिरको परिसरभित्र ओम शान्तिको गीता पाठशाला भवन निर्माण गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
यस्तै धनगढी उपमहानगरपालिका–१ स्थित श्रीकृष्ण बलराम मन्दिर निर्माणका लाागि १५ लाख, वडा नम्बर ५ जाईस्थित थारु देउथानमा संग्रहालय स्थापनाका लागि १५ लाख, वडा नम्बर १ पशुपति टोलस्थित मष्टा मन्दिरका लागि १० लाख, वडा नम्बर ४ स्थित शिवपुरी मन्दिरमा जागरण भवन निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
वडा नम्बर ५ स्थित भैरव महाकाली मन्दिर निर्माणका लागि १० लाख, वडा नम्बर १ स्थित नेपाली नुरेजामे मस्जिद संघ पूर्वाधार निर्माणका लागि १० लाख, वडा नम्बर २ स्थित भुवनेश्वरी मन्दिर पूर्वाधार निर्माणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
Comments are closed.