महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुरले वृक्षारोपण मार्फत स्थानियहरुलाई आत्म निर्भर बनाउने योजना अगाढी ल्याएको छ । कृष्णपुर नगरपालिका १ पहरियामा रहेको श्री ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुह मार्फत अहिले वन क्षेत्रमा हजारौ वृक्षारोपण गरिएको छ ।

शनिवार पालिकाले उक्त वन क्षेत्रमा संचारकर्मीसहितको टोलीलाई अनुगमन गराएको हो । उक्त क्षेत्र मौरी पालनको पकेट क्षेत्र पनि रहेको र मौरीहरुलाई मह बनाउनका लागी चिउरी आवस्यक पर्ने भएपछि पालिकाले अहिले उक्त वन चिउरी, बेल, कागती, तेजपत्ता, अमला, उन्नत जातका घाँसहरु, विजय साल लगायतका विरुवाहरु रोपण गरेको छ ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले पालिकाले विभिन्न प्रजातीका वोट विरुवाहरु श्री ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुह मार्फत वन क्षेत्रको ६० हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका विरुवाहरु रोपाण गरिएको बताउनु भयो । जसबाट स्थानियहरुले पछि गएर आर्थिक लाभ संगै अन्य फाइदाहरु लिने खालका विरुवाहरु रोपण गरिएको र उक्त विरुवाहरु समुदायले श्रमदान र पालिकाको केही अनुदानमा काम भएको बताउनु भयो ।

यो एक महिनामा २० हजार बेलकोविरुवा, ७ हजार विभिन्न मसला प्रजातीका विरुवा, २५ सय चिउरीको विरुवा, १० हजार कागतीको विरुवाहरु २ हजार अमलाको विरुवाहरु रोपण गरिएको जानकारी दिनुभयो । अहिले ४ प्रजातीको नेपियर घाँस पनि उपलब्ध गराएर वनमा लगाइएको र अन्य प्रजातकिा विभिन्न फलफुलहरु पनि उपलब्ध गराईने बताउनु भयो ।
यि बोटहरु उपलब्ध गराउनका लागी सब डिविजन वन कार्यालय बाणीलाई १० रुपैँया पालिकाले उपलब्ध गराएको र ३ लाख रुपैँया उपभोक्ता समहुलाई प्रदान गरेको र यो कार्य अहिले भईरहेको बताउनु भयो । साथै बेललाई जुसका लागी कच्चा पदार्थ भएकाले निकट भविष्यमा त्यसलाई पनि प्रयोगमा ल्याउने गरी काम गर्न सकियो भने आर्थिक रुपमा पनि लाभ हुने पालिका प्रमुख ओझाले बताउनु भयो ।
श्री ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ईश्वर बहादुर बुढाले लगाइएका विरुवाहरुबाट भोलीको दिनमा आर्थिक रुपमा लाभ लिने र यसको सुरक्षा र संरक्षण गर्न सके अब आउने पिढीलाई नै फाईदा हुने बताउनु भयो ।
बाँसहरु पनि लगाएको र उन्नत जातको घाँसहरु पनि रोपण गरिएको भएर त्यसबाट आर्थिक लाभ उपभोक्ताहरुलाई नै हुने भएपछि पालिकाले गरेको सहयोगले यो योजना सफल भएको बताउनु भयो । यस्तै स्थानिय दुर्गा लुहारले आफुहरुहलाई नै फाईदा हुने खालका विरुवाहरु रोपण गरिउको र पछि गएर घाँसहरु, कागती, अमला, बेलहरु पनि बेचेर आर्थिक लाभ लिन सकिने र यो क्षेत्र मौरी पालनको पकेट क्षेत्र भएकाले पनि चिउरी आवस्यक परेको भएर पनि उक्त विरुवाहरु आफैले रोपण गरेको बताउनु भयो
साथै उहाँले पालिकाले गरेको सहयोग प्रती धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.