डिसिए र सञ्जिवनीले दिएकोे तालिमपछि महिलाहरु नेतृत्व भुमिका निर्वाह गर्दे

महेन्द्रनगर । ‘पहिले यसरी बोल्न नसक्ने मान्छे हुँ म कसैलाई देखे पनि लुक्ने, कम बोल्ने के बोल्ने भन्ने पनि आउँदैन थियो’ भीमदत्त नगरपालिका १० की उमा सावदले भन्नुभयो । ‘पहिले पहिलेको समयममा घर भन्दा बाहिर आउन पनि डर लाग्ने गरेको थियो, तर अहिले डिसिएको आर्थिक सहयोगमा सञ्जिवनी नेपालले संचालन गरेको कार्यक्रममा जोडिएपछि धेरै कुरामा पविर्तन आएको छ’संस्थाले प्रदान गरेका विभिन्न तालिमहरुले गर्दा आफनो नेतृत्व विकास क्षमता विकास

आफनो समुदायमा हुने गरेको विभिन्न समस्याहरु महिला हिँसाका विवादहरु, जलवायु परिवर्तनका विषयहरु,लैङिगिक हिँसाका विषयहरु सबै सिकाई भएपछि अहिले आफै पनि विवादमा कसरी समाधान गर्ने, कसरी उजुरी गर्ने न्याय कसरी पाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी भएको उहाँले बताउनु भयो ।

‘अहिले महिलाहरुले आफनो समस्या मात्रै नभएर नेपाल सरकारले प्रदान गर्ने लक्षित वर्गका योजनाहरु, योजना तर्जुमा कसरी गर्न सकिन्छ ? के हो ? भन्ने विषयमा पनि जानकारी पाएपछि अहिले योजनाहरु माग पनि गरिएको सावदले बताउनु भयो । आफनो समुदायमा रहेका विभिन्न समस्याहरुको बारेमा पनि खुलेर भन्ने गरेका छन् । समस्या मात्रै भन्दैनन, त्यो समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर व्यापक छलफल चौतारीमा प्रत्येक महिना कुराहरु हुने र निस्कर्ष पनि निकाल्ने गर्दछन्’ ।

सावदले भन्नु भयो । कञ्चनपुरमा रहेको सन्जिवनी नेपालले वर्थ कार्यक्रम मार्फत अहिले महिलाहरुलाई विभिन्न महिलाका समस्याहरु, समुदायका समस्याहरु र जलवायु परिवर्तन, वृक्षारोपण लगायतको विषयमा छलफल गर्दै आएको उहाँले बताउनु भयो । यस्तै, अनुभव भीमदत्त नगरपालिका ११ की हरिना कार्कीको पनि रहेको छ । कोरोनाले आफनो जिवन साथी अर्थात श्रिमान गुमाउनु भएकी उहाँले आफनो समुदायमा आफनो अश्तित्व जोगाउन पनि समस्या भएको बेथा सुनाउनु भयो ।

सुरुवाती दिनहरुमा जब श्रिमान गुमाए, त्यो बेला जिवन देखी नै बिरक्त हुने, छोराछोरीहरुको बेहाल, तर जब संस्थासंग जोडिए त्यो दिनदेखी आफनो जिवनमा परिवर्तन आएको आएको बताउनु भयो । ‘एकल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक रहेको छ, सरकारले दिने लक्षित वर्गको बजेटको विषयमा पनि जानकारी नभएर पाउने बजेट पनि अन्त्य नै जाने’ तर, अहिले सबे जानकारी संस्थाले दिएपछि सजिलो भएको कार्कीले बताउनु भयो ।

महिलाहरुको समुह भित्र एकल महिलाहरुको पिछडिएको समुदायको, बालबालिकाहरुको मुद्धालाई ल्याएर एक थलोमा बसी छलफल गर्ने, त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर पनि काम भई रहेको बताउनु भयो । साथै उहाँले महिला अधिकारका विषय, महिला सहभागिताका विषयहरु विकास निर्माणका विषयहरुमा र विभिन्न समस्याहरुलाई कसरी सवालगत रुपमा उठान गर्न सकिन्छ भनेर पनि सञ्जिवनीले सिकाएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.