गड्डाचौकी नाकामा अब शेरा र लैलाले निगरानी गर्ने

महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सिमा नाका गड्डाचोकीमा २ वटा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सोमवार चाँडपर्वका लागि घर फर्किनेको चाप बढेसंगै नाकामा चेकजाँचका लागि कुकुर परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट लैला र शेरा नामको २ वटा तालिम प्राप्त कुकुर परिचालन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी चक्रराज जोशीले दशै, तिहार सुरक्षा योजना अन्तरगत नाकामा कुकुर परिचालन गरिएको र यो समयमा ‘पटाका लगायत विस्फोटक पदार्थ र लागु औषधको ओसारपसार पनि हुन सक्ने भन्दै नाकामा कुकुरहरु परिचालन गरिएको बताउनु भयो ।

नियमित चेकजाँच पनि चलिरहने र त्यसपछि पनि आकस्मिक रुपमा कुकुरहरुलाइ परिचालन गरिने बताउनु भयो । लैलाले लागुऔषध पदार्थ सुँघेर थाहा पाउने र शेराले विष्फोटक पदार्थहरु सुँघेर पत्रा लगाउने भएपछि नाकामा अहिले कुकुर परिचालन गरिएको बताउनु भयो ।

चाडपर्वका बेला भारत वाट नेपाल आउनेको भिड बढ्ने र अपराधिक कृयाकलाप लाई वढावा दिने माल समान ओसार पसार हुन सक्ने भन्दै सामान चेक जाच गर्न जिल्ला प्रहरी कार्यालयले तालिम प्राप्त कुकुर नाकामा तैनाथ गरेको हो ।

भारत संग जोडिएको र पश्चिमकै मुख्य नाका खुला रहेकाले जतिसुकै बेला पनी अपराधिक गतिविधि वढाउने खालका बस्तुहरु भित्रिन सक्ने र त्यसलाई नियन्त्रण गर्न कुकुर मार्फत चेकजाँच गर्न सुरु गरएिको प्रहरीले जनाएको छ । हातहतियार, विष्फोटक पदार्थ, लागु औषधलाई झोलामा या लुकाई छिपाई ल्याए पनी तालिम प्राप्त कुकरले सुघेर सजिलै पत्ता लगाउने छ ।

साथै उहाँले जिल्ला प्रहरी कार्यालयले गस्ती र चेकजाँच बढाएको बताउनु भयो । उनका अनुसार अहिले जिल्ला भरमा ८ सय १५ जना प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित

Comments are closed.