महिलाहरु आफनो मात्रै समस्या नभएर समुदायको समस्याको समाधान खोज्दै

महेन्द्रनगर । डिसिएको आर्थिक सहयोगमा संचालनमा रहेको वर्थ कार्यक्रमले महिलाहरुलाई सक्षम, आत्मनिर्भर, नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाई रहेको छ । भीमदत्त नगरपालिकाका १९ वटै वार्डमा रहेका विपन्न, एकल, दलित पिछडिएका समुदायका महिलाहरुलाई विभिन्न तालिम दिएर सक्षम बनाई रहेको हो ।

ती मध्येकै हुनुहुन्छ भीमदत्त नगरपालिका २ महुलियाका निर्मला मल्ल उहाँ एकल महिला हो पहिलाको जिवन र अहिले को जिवनमा धेरै परिवर्तन आएको उहाँले बताउनु भयो । ‘पहिले घरबाट बाहिर आउन पनि समस्या हुने डर लाग्ने, धेरै मान्छे देख्यो भने पनि बोल्न नसकिने अवस्था रहेको थिया’ उहाँले बताउनु भयो, वडा कार्यालयमा एकल महिलाहरुले पाउने सेवा सुविधाहरु केके हुन ? कसरी पाईन्छ ? भनेर पनि जानकारी नहुने चासो नै नराख्ने उहाँले बताउनु भयो ।

फेरी समाजमा एकल महिला भनेर विभिन्न समस्याहरु विभिन्न रुढिवादी परम्पराहरु चालचलनले पनि महिलाहरुलाई बाहिर आउन नदिने केही काम गरौ भनेपनि नहुने अवस्थामा आफु बाँचेको बताउँदै, संजिवनी नेपालसंग जोडिएपछि अहिले सबै जिवन नै परिवर्तन भएको महसुस गरेको बताउनु भयो ।

डिसिएको आर्थिक सहयोगमा संजिवनीले गरेको कार्यक्रममा आफुसले विभिन्न चरणमा तालिमहरु पाएपछि अहिले आफनो नेतृत्व विकास क्षमता विकास आफनो बोल्ने शैलीदेखी सबै परिवर्तन भएको उहाँले आफनो अनुभव सुनाउनु भयो ।

संस्थाले दिएको ३ दिने तालिममा सिकेर पहिलो पटकमा संस्थाले विश्वास गरेर अहिले आफुले महिला समुहमा गएर उनिहरलाई जलवायु परिवर्तन सम्बन्धी जानकारी दिने, कसरी जोगिन सकिन्छ भन्ने पनि जानकार िदिने, सबै भन्दा बढी प्रभावित महिलाहरु नै हुने जानकारी पनि पाएको बताउनु भयो ।

अहिले संस्थाले दिएको तालिमबाट आफैले पनि तालिम संचालन गर्न सक्ने क्षमताको विकास भएको र आफैले पनि कक्षाहरु लिने आफनो अनुभवहरु अन्य महिला दिदि बहिनीहरुलाई प्रदान गर्न सक्ने भएको बताउनु भयो । यसैगरी भीमदत्त नगरपालिका १ वाराकुण्डाकी ज्योत्सना विष्टले पनि अहिले आफैले समुदायमा रहेका अन्य महिला दिदिबहिनीहरुको पिडा समस्याहरु पनि खोजेर उनिहरुलाई न्याय दिने काममा सक्रियताको साथमा लाग्नु भएको छ ।

वडामा हुने विभिन्न योजनाहरु, सामुदायिक वनहरुमा अन्य समितिमा महिलाहरुको पनि भुमिका, र प्रमुख पदमा उनिहरुको सहभागिता बढाउनमा सक्रिय भुमिका निर्वाह गरिरहनु भएको छ । यो वर्थ कार्यक्रमले महिलाहरुमा क्षमता, नेतृत्व विकास गरेर उनिहरुलाई उच्च सम्मानको साथमा समुदायमा बाँच्न सिकाएको समुहका सदस्यहरुको अनुभव रहेको छ ।

सम्बन्धित

Comments are closed.