सुप साहित्य समाजका महासचिव गणेश नेपाली सम्मानित

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल साहित्य समाजका महासचिव गणेश नेपाली सम्मानित हुनु भएको छ । श्री प्रतिभा पुस्तकालय अत्तरियाको साधारण सभाले मंगलवार महासचिव गणेश नेपालीलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा रहनु भएका पूर्व मन्त्री लेखराज भटट्ले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो । कक्षा ७ मा पढदै गर्दा पहिलो कविता लेख्नु भएको महासचिव गणेश नेपालीले अहिले सम्म अनवरत रुपमा साहित्यको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

२०४२ सालदेखी कविता लेख्नु भएका महासचिव नेपालीलाई विगतका दिनमा पनि विभिन्न संघ संस्थाहरुले सम्मान गरेको छ । उहाँको प्रकाशित कृती कविता संग्रह कसन र गजल संग्रह एकलव्य रहेका छन् । कथा पनि लेख्नु हुने महासचिव गणेश नेपालीका पत्रपत्रिकामा पनि दर्जनौ लेखहरु प्रकासित भएका छन् ।

सम्बन्धित

Comments are closed.