महेन्द्रनगर । भीमदत्त नागरपालिकाले नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावली र छठ पर्बको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार कार्यबाहक नगर प्रमुख निलम लेखकको सभाध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कर्मचारीहरु नगर प्रहरी लगायतको उपश्थिती रहेको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख लेखकले देशविदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा सुख शान्ती समृद्धी र उत्तरोउत्तर प्रगती को कामना गर्नु भयो । साथै उहाँले यो पर्वमा एकले अर्कालाई खुसी दिने आफनो अवस्था अनुसार पर्वलाई मनाउन हुन आग्रह गर्नु भयो, उहाँले विदामा जाने कर्मचारीहरुलाई सुरक्षित गन्तव्यमा पुग्नका लागी शुभकामना दिनु भयो ।
भने, विदामा पनि काममा खटिनु हुने नगर प्रहरीहरुलाई पालिकामा शान्ती सुव्यवस्थामा ध्यान निर्देशन दिनु भयो । आम जनताहरुलाई यो चाडपर्वमा शान्ती र खुसी भएर मनाउने वातावरणको सिर्जना गर्न निर्देशन गर्नु भयो ।
Comments are closed.