बेदकोट नगरपालिकाको सराहनिय कार्य, सामाजिक सुरक्षा भत्ता पाउन लाईन बस्न नपर्ने

महेन्द्रनगर । बेदकोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई अझै सहजता बनाउनका लागी चेक मार्फत भुक्तानी दिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्ध आमाबुबाहरुको सहजताका लागि अब चेक मार्फत सिधै बैँक मार्फत भुक्तानी लिई सेवा लिने व्यवस्था पालिकाले गरेको हो ।

विगतमा वडा कार्यालयमा पालिकामा भिड लाग्ने लाईनमा बसेर दुख पाउनु पर्ने अवस्थाको अब अन्त्य भएको छ । यसको पहिलो सुरुवात आईतवार बेदकोट नगरपालिका वाड नम्वर ७ बाट ४ सय ७४ जना जेष्ठ नागरिकहरु तथा सामाजिक सुरक्षा भत्ता बुझने व्यक्तीहरुले चेक बुझेको अध्यक्ष थानेश्वरप्रसाद भट्ट जानकारी दिनुभयो ।

अबदेखी वडामा, पालिकामा गएर लाईन बस्नु पर्ने झन्झट र जेष्ठ नागरिकहरुलाई सजिलो बनाउनका लागी बैँकमा जुनसुकै बेलामा गएर आफनो नगद रकम निकाल्न सकिने भएको बताउनु भयो । जेष्ठ नागरिक वेदकोट नगरपालिका ७ का गंगाराम पाण्डेयले पालिकाले गरेको यो कार्य निकै राम्रो र सजिलो गराएको मा धन्यवाद व्यक्त गर्नु भयो ।

जेष्ठ नागरिकहरु आफे पनि कमजोर हुने रोगी हुने भउका ले सामाजिक सुरक्षा भत्ता लिँदा विगतमा धेरै अप्ठयारो, समस्या, दुख पाईने गरेको भएपनि अबका दिनमा सहज तवरले आफनो भत्ता बुझन पाईने भएपछि खुसी लागेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.