महेन्द्रनगर । सीआईबीबाट फोन गरेको भन्दै धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्यसरी धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–१ ठुलो मिल चोक बस्ने ३० वर्षीय हमकुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनले केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुखको टुरु कलर एपमा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तीय संस्था तथा व्यक्तिहरूलाई सीआईबीबाट फोन गरेको भनी धम्की दिने गरेको प्रहरीले भनाई छ ।
उनलाई उक्त ब्युरोबाट खटिएको प्रहरीले मोरङ विराटनगर महानगरपालिका–१ ठुलो मिल चोकबाट पक्राउ गरेको हो ।
उनी पक्राउबारे जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.