कैलालीमा १५२ जुवाडे विरुद्ध मुद्दा दायर

महेन्द्रनगर । कात्तिक ४ गते राति कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा गएको सुरक्षा निकायको टोलीले धनगढी–५ हसनपुरको एक जुवा घरमा छापा हान्यो। सिडियो नेतृत्वको टोलीले जुवा घरबाट जुवातास खेलिरहेका ११ जनालाई पक्राउ नै गरियो।

सुरक्षा टोलीले जुवाखालबाट १० गड्डी तास र एक लाख ५३ हजार ३५० नगद बरामद गरेको थियो। जुवातास खेलको कसुरमा पक्राउ परेका ११ जनालाई भने प्रहरीले दोस्रो दिन रिहा गरेको छ। केही दिन हिरासतमा राखेर अनुसन्धान सकेर मुद्दा चलाउनुपर्नेमा प्रहरीले जरिबाना तिराएर सबैलाई छोडेको हो।

यो एक प्रतिनिधि घटना मात्रै हो।कैलाली प्रहरीले जुवातास खेल्ने र खेलाउनेलाई पक्राउ गर्ने र दोस्रो दिन नै छोड्ने गरेको पाइएको छ। तर प्रहरीले भने अदालत तथा जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेर मात्रै पक्राउ परेकाहरूलाई छोड्ने गरेको दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता दर्शन खड्काले पक्राउ परेकाहरूलाई मुद्दा दर्ता गरेर धरौटीमा छोड्ने गरेको बताए। उनले अदालत या जिल्ला प्रशासनको आदेशमा प्रहरीले जुवाडेहरूलाई छोड्ने गरेको बताए। जुवातास खेल्ने र खेलाउने कार्यलाई कानुनले अपराधमा राखेको छ।

नयाँ अपराध संहिता लागु हुनुअघि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो। तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।

सम्बन्धित

Comments are closed.