महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या प्रकरणको अनुसन्धान जारी छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले सम्म शंकास्पद २७ जनासंग सोधपुछ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको छ । तर एकिनका साथमा अहिले केही भन्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृत अवस्थामा भेटिएका बडायक दम्पती घटनामा संलग्न रहेको आंशकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका डीएसपी हेमबहादुर शाहीले बताएका छन् । तर उक्त विषयमा जिल्ला प्रहरी कार्यालयले भने नियन्त्रणमा कसैलाई पनि नलिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक उमेश जोशिले कसैलाई पजिन नियन्त्रणमा नलिईएको र अनुसन्धान भईरहेको बताउनु भयो । शुक्रबार बिहानैदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले तीन दर्जन बढी व्यक्तिसँग सोधपुछ गरिसकेको छ ।
घटनाको सुक्ष्म अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सुक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको हो ।
शुक्रबार बिहान रमेश बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका थिए । विहिबार राति उनीहरूको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार बिनबारीका रमेश बडायक र उनकी श्रीमती कमला बडायकको प्रारम्भिक घटनाको विवरण हेर्दा हत्या नै गरिएको खुल्न आएको छ ।
Comments are closed.