किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा शेयर सदस्यको ३ लाख बढी रकम मिनाह

महेन्द्रनगर । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफनो शेयर सदस्यलाई सुविधा रकम वाफतको रकम हस्तान्तरण गरेको छ । आईतवार सहकारीले श्रद्धान्जली सभा तथा सुबिधा बितरण कार्यक्रमको आयोजना गरी भीमदत्त नगरपालिका ११ भुजेलाकी सावित्री कुमाललाई सुविधा रकम वाफत ३ लाख ८ हजार ८ सय ८३ रुपैँया बराबरको चेक हस्तान्तरण गरेको हो ।

सहकारी संस्थाको भीमदत्त शाखा अन्तर्गत भीमदत्त नगरपालिका ११ भुजेलाकी शेयर सदस्य सावित्री कुमालका श्रिमान स्वः विक्रमबहादुर कुमालको भाद्र १ गते निधन भएपछि संस्थाको सदस्य सुरक्षण योजना अनुसारको रकम हस्तान्तरण गरिएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शुक्लाफाँटा इलाका प्रमुख गोरख शाहले जानकारी दिनुभयो ।

उहाँले लिएको ऋण रकमको अहिले सम्म तिरेको १ लाख ९५ हजार पनि फिर्ता गरिएको उहाँले बताउनु भयो । लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्य तथा शेयर सदस्यका श्रीमान् वा श्रीमतिको कुनै मृत्यु भए काजक्रिया खर्च तथा संस्थाबाट लिएको सबै ऋण मिनाहा गरी सदस्यलाई सुविधा दिदै आएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शुक्लाफाँटा इलाका प्रमुख शाहले बताउनु भयो ।

यो संगै संस्थाले कर्जा मुक्त योजना, काजक्रिया खर्च, समुदायका लागी किसान कोप, सुत्केरी स्याहार खर्च, किसान कोप शिक्षा पदक, प्रकृतिक प्रकोप रहात, उपचार खर्च, र फरक क्षमता एकल महिला राहत कार्यक्रम पनि रहेको बताउनु भयो । भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा सदस्य किशोर विष्टले आफनो भनार्य राख्दै यो कार्य एकदमै सराहनीय कार्य रहेको बताउँदै संस्थालाई उच्च सम्मान रहेको बताउनु भयो ।

यस्तो कार्यक्रमले शेयर सदस्यहरुलाई पनि संस्था आफनो हो अपनत्व बढने र माया पनि लाग्ने बताउनु भयो । शेयर सदस्य सावित्री कुमालले आफुलाई दुख परेको समयमा स.स्थाले आफनो ऋण रकम मिनाह अहिले सम्म तिरेको १ लाख ९५ हजार पनि फिर्ता गरिएको प्रती हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । यस्तो दुखमा संस्थाले गरेको यो सहयोग कहिले पनि नर्बिसने बताउनु भयो ।

साथै संस्थाले मृतकको स्मरणमा लिच्चीको विरुवा समेत रोपिण गरिएको छ । पर्यावरण जोगाउनका लागि संस्थाको पनि भूमिका आवश्यक ठानेर किसान बहु उद्देश्य सहकारी संस्थाले मृतकको सम्झनामा एक थान लिची बिरुवा को वृक्षारोपण गरेको हो ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शुक्लाफाँटा इलाका प्रमुख गोरख शाहको सभापतित्वमा भएको श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रमको प्रमुख अतिथीमा भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा सदस्य किशोर विष्ट रहनु भएको थियो ।

सम्बन्धित

Comments are closed.