लालझाडीका बडायक दाम्पत्तीको अन्त्येष्टी

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाँउपालिका १ बिनबारीका हत्या गरिएका बडायक दाम्पत्तीको अन्त्येष्टी गरिएको छ । शनिबार दोदा नदीमा बडायक दाम्पती रमेश बडायक९रामेश्वर० र कमला बडायकको अन्त्येष्टी गरिएको हो ।

बिहीबार राती बडायक दाम्पत्तीको हत्या भएको थियो । हत्या गरिएका दुवैको धनगढी सेती प्रादेशिक अस्पतालमा पोष्टमाष्टमपछि धार्मिक विधी अनुरुप अन्त्येष्टी गरिएको छ ।

कञ्चनपुर प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीन युवकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीले घटनाको अनुसन्धान भईरहेको बताए।

सम्बन्धित

Comments are closed.