महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मा २२ सटर रहेको क्षेत्रमा युवा विद्यार्थीहरुले सरसफाई गरेका छन् । मंगलवार विभिन्न पार्टीमा आवद्ध रहेका युवा विद्यार्थीहरुले उक्त क्षेत्रमा सरसफाई गरेका हुन् । उनिहरुले पर्खालमा रंगरोगन गर्ने झारपात उखल्ने सरसफाईको कार्य गरेका छन् ।

पछिल्लो समय उक्त क्षेत्र विवादित बन्दै गएको छ । महेन्द्रनगर बजारको मदन चोकमा २२ सटर व्यवसायिक भवन निर्माणको तयारी अघि बढाईरहेका बेला त्यसको बिरोध भईरहेको हो । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदन चोकमा व्यवसायिक भवन सटर निर्माणका लागि डिपिआर बनाउन पालिकाले सुचना आब्हानदेखि नै बिरोध भईरहेको थियो ।
नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले स्थानीय सरकारको गैर कानुनी कामकाज बिरुद्धमा निरन्तर आन्दोलन गर्ने बताए । कुनैपनि हालतमा यो क्षेत्रमा २२ सटर निर्माण गर्न नदिने र आफनो एजेण्डामा अडिग रहेको र त्यसलाई सफल बनाएर नै छोडने बताए ।
महेन्द्रनगरको मुटुमा रहको यो क्षेत्रलाई कुरुप बनाउन नदिने र यसलाई सबैको प्रयोगका लागी विश्राम बाटिका बनाएर नै छोडने दावी गर्नु भयो । ‘त्यो ठाँउमा यस अघि निर्माण भएका सटर सडकमै थिए, सडक विस्तार गर्दा हटाईएका हुन, ‘उनले भने, ‘अब फेरी सडक मिचेर किन सटर बनाउनुप¥यो ।’
आफुहरुले साँकेतिक धर्ना दिएको बताउँदै उनले भावि दिनमा थप आन्दोलन गर्ने बताए । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता चन्द्रकान्त भट्ट (सिके) ले कञ्चनपुरका सचेत नागरिकको माग नै यसको सौन्दर्यता नबिर्गिने गरी सटरहरु निर्माण गर्न नहुने रहेको बताउनु भयो । वास्तविक व्यापारीहरुलाई सटर नदिएर सम्झौता सकिएर पनि कुनै एक व्यक्ती माफियाको मुठ्ठीमा सटर रहेको अवस्थामा सम्झौता रद्द गरी नया प्रक्रियामा जानु पर्ने बताए ।
यसैगरी, अनेरास्वियु जिल्ला अध्यक्ष प्रज्वल कुँवरले विगत एक साता यता विभिन्न पार्टी निकटका सचेत विद्यार्थी युवाहरुले निरन्तर आन्दोलन र संघर्षमा लागेको बताउँदै आफुहरुले विभिन्न निकायमा ध्यानाकर्षण पत्र, ज्ञापन पत्र पनि दिएको भएपनि सुनुवाई नभएपछि अहिले आफुहरुले साँकेतिक रुपमा आन्दोलनमा लागेको बताए । यदी हाम्रो मागको सुनुवाई नभए अझै सशक्त रुपमा अगाढी बढने बताए ।
विद्यार्थीहरुले पालिका र प्रशासनमा ज्ञापन पत्र बुझाउनेदेखि २२ सटर निर्माण स्थलमा बृक्षारोपण र आइतबार भीमदत्त नगरपालिकामा धर्ना पनि गरेका छन् ।
Comments are closed.