कञ्चनपुरमा पछिल्लो ३ महिनामा २ करोड २० लाखका अबैध सामग्रीहरु बरामद

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पछिल्लो समय भन्सार छली अबैध सामग्रीहरु बरामद गरेपछि राजश्वमा वृद्धी भएको छ । सबै भन्दा बढी राजश्व अबैध भन्सार छलीका सामानहरुबाट प्रहरीले राजश्व संकलन गरेको छ । पछिल्लो तिन महिनामा लागुऔषध, भन्सार छली, र जुवाडेहरु पक्राउ गरेपछि करोडौ रुपैँया राजश्व उठेको हो ।

दशैमा ८ सय १५ जना सुरक्षाकर्मीहरुको बाक्लो उपश्थितीले र सक्रियताले भारतबाट आउने अबैध सामानहरु लागुऔषधमा संलग्नहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि त्यसबाट पनि राजश्वमा वृद्धी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक एसपी चक्रराज जोशीले पछिल्लो तिन महिनामा अबैध सामग्रीहरुबाट २ करोड २० लाख बराबरको सामग्रीहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको बताउनु भयो ।

सबै नाकामा सुक्षाकर्मीहरुको तैनाथ र उहाँहरुको सक्रियताले नै यो बराबरको राजश्वहरु उठाउन सफल भएको बताउनु भयो । पछिल्लो तिन महिना अबैध सामानबाट सावनमा ६० लाख ५९ हजार, भाद्रमा ५४ लाख ८७ हजार र असोजमा १ करोड ३ लाख ९५ हजार रुपैया बराबरको भारतबाट भन्सार छली गरेर ल्याईएको, अबैध सामग्री भन्सार कार्यालयमा बुझाईएको बताउनु भयो ।

यसैगरी ९५ जना जुवाडेहरुबाट ५ लाख ३२ हजार नगद बरामदद गरिएको र लागुऔषधका ३३ मुद्धा दर्ता र ४५ जना अहिले पनि फरार रहेको एसपी जोशीले बताउनु भयो ।

दशैमा त्यस्ता कुनैपनी घटनाहरु नभएको र आम जनमानसहरुले शान्त वातावरणमा दशै मनाएको र तिहारमा पनि शान्त वातावातरणमा मनाउनका लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षाकर्मीहरुलाई तैनाथ गरेको जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.