महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका –७ सुडा चोक नजिकको भत्किएको कल्भर्ट मंसिरको दोस्रो साताबाट ठेक्का सम्झौतामा गएर निर्माणको थालनी गरिने भएको छ । असारको तेस्रो साताको अविरल वर्षातले उक्त कल्भर्ट भत्काएको थियो ।
कल्भर्ट भत्काएको ५ महिना बढी पुगेपनि यसको निर्माण हुन सकेको छैन् । अहिले कल्भर्टको दक्षिण तर्फ ह्युम पाईप हालेर सवारी साधन आवजावको लागी डाईभर्सनको व्यवस्था मिलाईए पनि सवारी साधन आउँदो धुलाम्मे भएर स्थानिय व्यापारीहरु, विद्यालय जाने विद्यार्थीहरु सबैलाई सास्ती भएको छ ।
सडक डिभिजन महेन्द्रनगरले कार्यालयले कल्भर्ट निर्माणका लागी कार्तिक २३ गते आर्थिक प्रस्ताव खोलीएको छ । सडक डिभिजन महेन्द्रनगरका ईन्जिनियर हरिष जोशीले कार्यालयले आर्थिक प्रस्तावको मुल्याङकन चरणमा रहेको हुँदा मंसिरको तेस्रो सातामा समम ठेक्का प्रक्रियामा गई कल्भर्ट निर्माणको थालनी हुने बताउनु भयो । आफुहरुले उक्त कल्भर्टलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।
२ महिनाको अवधीमा कल्भर्टको डिजाईन कस्तो बनाउने भनेर समय लागेको र अन्तिममा डबल सेल बक्स कल्भर्ट निर्माण गर्न उपयुक्त हुन्छ भनेर नै काम अगाढी बढाएर विभिन्न प्रक्रियामा रहेको जानकारी दिनु भयो । वेदकोट नगरपालिका ९ का बागेश भट्टले कल्भर्ट निर्माण नहुँदा निकै नै सास्ती भएको बताउनु भयो ।
कल्भर्ट भत्किएको यत्रो महिना पुग्दा सम्म पनि सरोकारवाला निकायले निर्माण गर्नमा खासै चासो नदेखाएको गुनाशो गर्नु भयो । यो भनेको प्रमुख राजमार्ग हो, दैनिक सयौको संख्यामा सवारी साधन चल्ने र धुलो धुँवा पनि त्यतिकै हुने भएकाले वरपर व्यापार व्यवसाय गर्नेहरुलाई पनि निकै समस्या भएको बताउनु भयो ।
यस्तै विद्यार्थी पारस चुनाराले दैनिक विद्यालय आवजावमा निकै समस्या हुने गरेको बताउनु भयो । धुलो पनि हुने साँघुरो डाईभर्सनमा साईकल चलाएर जानको लागी दुर्घटनाको जोखिम पनि रहेको बताउनु भयो । उहाँले पनि सरोकारवाला निकायले यसलाई छिटो भन्दा छिटो बनाउनमा ध्यान दिन आग्रह गर्नु भयो ।
गत असोज १९ उक्त कल्भर्टमा सु.प्र. ०१००८ प ४०७७ नम्वरको स्कुटी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय भुवन भट्ट को कृत्यु भएको थियो भने भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय खेमराज भट्ट घाईते भएका थिए ।
Comments are closed.