उग्रतारा मेला सम्पन्न पश्चात डडेल्धुरा जेसीजले गरयो उग्रतारा मन्दिर सरसफाई

महेन्द्रनगर ।  डडेल्धुरा जेसीज बर्ष २०२४ ले आईतबार बिहान उग्रतारा मन्दिर परिषर सरसफाई गरेको छ ।शनिबार उग्रतारा मेला देहीजाँत मा उग्रतारा मन्दिर परिषर भित्र ब्यापक फोहरमैला भएकाले त्यसको सरसफाईका लागी नेपाल प्रहरी, वरल्ड लिङक इन्टरनेट डडेल्धुराको सहकार्यमा डडेल्धुरा जेसीज बर्ष २०२४ ले सरसफाई गरेको हो ।

डडेल्धुरा जेसीज बर्ष २०२४ ले यही मंसिर १ गते देखि ७ गते सम्म आयोजना गरेको डडेल्धुरा जेसीज सप्ताहको दोश्रो दिन उग्रतारा मन्दिरमा सरसफाई गरि मनाएको हो ।

सप्ताह कार्यक्रम अन्र्तगत पहिलो दिन शनिबार उग्रतारा मेला देहीजातमा एक सय पेटी शुद्ध पिउने खानेपानी बितरण गरि अभियानको सुभारम्भ गरिएको जेसीज डडेल्धुराकी अध्यक्ष लक्ष्मी ऐरले जानकारी दिनुभयो ।

यही ३ गते अनाथ बालबालिकालाई शैक्षिक सामग्री बितरण ४ गते स्लो बाईक रेस र ५ गते देखि ७ गते सम्म खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।

सम्बन्धित

Comments are closed.