रामलीला मुल आयोजक समितिले सार्वजनिक गय्रो आयव्यय विवरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मञ्चमा आयोजना भएको रामलीला मुल आयोजक समितिले आफनो आयव्यय सार्वजनिक गरेको छ । कार्तिक १ गतेदेखी १४ गतेसम्म रामलीलाको एघारौ संस्करणको आयोजना भएको थियो ।

उक्त रामलीला महोत्सवमा भएका खर्च आम्दानीहरु को विवरण पत्रकार सममेलन गरेर जानकारी दिईइएको छ ।मुल आयोजक समितिकाका संयोजक लक्ष्मी दत्त पाण्डेयले दुई हप्तामा भएको आम्दानी र खर्च विवरणहरु भौतिक सहयोग गर्ने दाताहरुको विवरण प्रस्तुत गर्नु भएको थियो ।

४ हजारदेखी माथी सहयोग दिने दाताहरबाट ६ लाख ३० हजार ५ सय १० १ हजारदेखी ४ हजारसम्म सहयोग दिने दाताबाट १ लाख ४५ हजार ६६७, १ देखी हजारसम्म सहयोग दिने दाताहरुबाट १ लाख १२ हजार ४ सय ४१ रुपैया, गोप्यदान २ लाख ८५ हजार ७ सय ४८, दानपेटीबाट २५ हजार २ ९५, ठेला पसलबाट १८ हजार २५५, र आरतीबाट १३ हजार ७ सय १० गरी जम्मा १२ लाख ३१ हजार ६ सय २६ रुपैया आम्दानी भएको र विभिन्न शिर्षकहरुमा १२ लाख ७ हजार ३ सय १६ रुपैँया खर्च भएको र बचतमा २४ हजार ३१० रहेको मुल आयोजक समितिकाका संयोजक लक्ष्मी दत्त पायडेयले जानकारी दिनु गराउनु भएको छ ।

साथै उहाँले भीमदत्त नगरपालिका, केही सामाजिक संघसंथाहरु, व्यापारिक प्रतिष्ठान,लगायतलेमौखिक रुपमा पनि सहयोगको आश्वासन दिनु भएको र कला र गलको सम्मान गर्दै दर्शक श्रोताहरुबाट व्यक्ती रुपमा आएको रामलीलाका पात्र कलाकारहरुलाई प्रदान गरिएको पुरस्कारको रकम स्वयम कलाकारको हातमा प्रदान गरिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.