धनगढीबाट बैंङ्गलोर हिँडेको गाडिले पलिया लगेर अलपत्र छाड्यो

महेन्द्रनगर । रोजगारीका लागि भारतको बैंङ्गलोर जाने भनेर हिँडेका अछामको कमलबजारका रमेश बोहरा भारतको पलिया बजारमा अलपत्र छन्। उनले धनगढीको बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा नेपाल सम्पर्कको कार्यालय रहेको टेडी टूर एण्ड ट्राभल्स प्रा.लि.मा बसको टिकट ३५ सय भारतीय रुपैयाँको टिकट काटे।

सीमा नाका गौरीफन्टाबाट सोमबार दिउँसो बैंङ्गलोर जाने भनेर बसमा बसेका उनी बेलुकी पलिया बजार पुगे। पलियामा उनीलाई ट्राभल्स प्रा।लि।ले अलपत्र छाडिदियो। रातभर जाडोमा सडकमै बिताएका उनी मंगलबार बेलुकीसम्म पलिया बजारमै अलपत्र छन्।

उनी मात्रै हैनन् सँगै गएका ७० जना यात्रुहरू सोमबार बेलुकीदेखि पलिया बजारमा अलपत्र छन्। उनीहरुलाई ट्रभल्स एजेन्सीले भारतको पलिया बजारमा अलपत्र छोडेर एजेन्सीका सम्पर्क व्यक्ति फरार भए। ट्राभल्स एजेन्सीले बाटोमै अलपत्र छाडेपछि बोहरासँगै बैंङ्गलोर जाने ७० जना यात्रु सोमबारदेखि अलपत्र परेका छन्।

धनगढीबाट सिधै बैंङ्गलोर पु¥याउँछु भनेर टिकट कटाएको टेडी टूर एण्ड ट्राभल्स एजेन्सीले बीचबाटोमै अलपत्र छोडेको बताउँदै उनले भने, ‘भएभरका सबै रुपैयाँ पलियामै सकिन थाल्यो, अब अर्को गाडी खोजेर गन्तव्यमा जाने तयारी गर्दैछौँ।’उनले धनगढीस्थित ट्राभल्स एजेन्सीलाई आफूले फोन गर्दा पनि सम्पर्कमा नआएको बताए।

सम्बन्धित

Comments are closed.