यो सरकार मन्त्री गठन गर्नका लागी मात्रै बनेको होईन ः गृहमन्त्री रमेश लेखक

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखक अहिले आफनो गृह जिल्ला कञ्चनपुरमा पुग्नु भएको छ । अहिले उहाँ विभिन्न कार्यक्रम भेटघाटमा व्यस्त रहनु भएको छ । बुधवार नेपाली काँग्रेसको पार्टी कार्यालयमा भेटघाट कार्यक्रममा उहाँले यो सरकार मन्त्री मात्रै गठन गर्नका लागी निर्माण नभएको बताउनु भयो ।

अहिलेको यो सरकारमा नेपाली काँग्रेस र नेकपा एमालेको राजनितिक समिकरणबाट यो सरकार गठन भएको र यो सरकार केही व्यक्तीहरुलाई मन्त्री बनाउनका लागी मात्रै नभएर यसका केही ठोस उदेश्यका साथ यो सरकार निर्माण भएको बताए ।

सरकार अश्थिरताको अवस्थाले मुलकुमा चिन्ताको अवस्था रहेको शुसासनको अवस्था कमजोर, नागरिकलाई सेवा दिनमा बाधा व्यवधान, विकास निर्माणमा अबरोधको सिर्जना भएको अवस्थामा दुई पार्टी विच समिकरण भएर नै स्थिर निर्माण गर्न नै सरकार गठन भएको बताए ।

विकासको गतीलाई तिव्र रुपले अगाढी बढाउन र जनतामा राजनितिक र संविधान प्रती आशा र भरोशा लाई जागृत गर्न यो सरकार बनेको गृहमन्त्री लेखकले बताए । आफुहरुले यो विषयमा अत्यन्तै गम्भिरता पूर्वक काम गरिरहेको बताउनु भयो ।

साथै उनले लोकतन्त्रको विकल्प अर्काे कुनै व्यवस्था हुन नसक्ने र लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र यो व्यवस्थालाई सदृढ गर्ने मुलुकमा आर्थिक गतीको विकासलाई अगाढी बढाउने कार्यमा आफुहरु लागेको बताए । गृह मन्त्री लेखकलाई कृष्णपुर नगरपालिकाले पनि स्वागत गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।

‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झन्डा लिएर जान्छौ चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडी बढ्नुपर्छ’, गृहमन्त्री लेखकको भनाइ छ । लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने भन्दै उनले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै जनताको विश्वास र भरोसा जगाउनु पर्नेमा जोड दिए ।

जनताको भरोस जगाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण भएकाले स्थानीय सरकारले सहज ढङ्गले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए । उनले भने, ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ । यो सरकार देशमा स्थिरता र सुशासन कायम राख्न बनेको हो ।’

गृहमन्त्री रमेश लेखकले जनतालाई स्थानीय सरकारबाट सहज ढंगले सेवा प्रदान हुनुपर्ने बताएका छन् । ‘हाँसेर बोली दिनुस्, आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ,’ उनले भने, ‘सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस् ।’

‘लोकतन्त्र जनताका अधिकार सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने व्यवस्था हो । त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ । यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ । त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्त्वपूर्ण छ,’ उनले भने ।

सम्बन्धित

Comments are closed.