कृषी ज्ञान केन्द्र कञ्चनपुरद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कृषी ज्ञान केन्द्र कञ्चनपुरले स्थानिय तहका कृषी प्राविधिक तथा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा कृषी ज्ञान केन्द्रका कृषी प्रसारक अधिकृत गोविन्द सिजापती रहनु भएको थियो भने, प्रमुख अतिथीमा भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश सचिव यज्ञराज जोशी रहनु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत,जिल्लामा रहेका नौ वटै पालिकाका कृषी शाखा प्रमुख, विमा क्षेत्रका प्रतिनिधी, एग्रोभेट संचालकहरु, गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कृषी ज्ञान केन्द्रले पालिकाहरु संग मिलेर समन्वय र साझेदारीमा गर्न सकिने कार्यक्रमहरुको विषयमा छलफल भएको थियो ।

पालिकाको कृषी शाखाका प्रमुखहरुले आफनो पालिकामा भई रहेका कृषी सम्बन्धिका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गरेका थिए भने उक्त पालिकामा कृषी ज्ञान केन्द्र संग मिलेर समन्वय र साझेदारीमा गर्न सकिने कार्यक्रमहरुको पनि जानकारी प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश सचिव यज्ञराज जोशीले कृषी क्षेत्रलाई अझै बलियो र सक्षम बनाउनको लागी सबैले मिलेर अगाढी बढनु पर्ने बताउनु भयो । साथै उहाँले प्रत्येक पालिकामा एउट विषेशता बोकेको पालिका हुनु पर्ने जस्तै चैते धान, आलु, अन्य तरकारी भएको विषेशता बोकेर पालिकमा काम हुनु पर्ने बताउनु भयो ।

साथै फलफुल खेती तेलहन खेती लगायतको आफनो पालिकाको विषशेता बनाएर कृषी क्षेत्रलाई बचाउन अति आवस्यक रहेको बताउनु भयो । कृषीलाई बुझने निकै थोरै मात्रै रहेको भएर कृषी बिना जनताको देशको विकास नहुने भएको अवस्थामा आफनो अप्राविधिक व्यक्तीहरुलाई बुझाउन जरुरी रहेको बताउनु भयो ।

यसको फाईदा आगामी दुरदृष्टी को पहिचान गराएर बढी भन्दा बढी व्यक्तीलाई कृषीमा आवद्ध गरिनु पर्ने र सरकारले पनि काम गर्ने किसानलाई मात्रै प्रोत्साहन गरेर उनिहरुको आर्थिक उनिहरुलाई आवस्यक पर्ने कृषी औजारहरुमा पनि साथ र सहयोग गरिनु पर्ने बताउनु भयो ।

कृषी ज्ञान केन्द्रका कृषी प्रसारक अधिकृत गोविन्द सिजापतीले कृषी ज्ञान केन्द्र र पालिकाले यो वर्षमा संचालनमा आउने कृषी कार्यक्रमहरुको बारेमा जानकारी दिईएको बताउनु भयो । साथै किसानहरुसंग सहकार्य गरेर समन्वय गरेर कसरी अगाढी बढन सकिन्छ भन्ने विषयमा पनि प्रस्तुती गरिएको बताउनु भयो ।

किसानहरुलाई कृषी ज्ञान केन्द्रले प्रदान गर्दै आएको सेवाहरुको बारेमा सहज रुपले सुचना प्रदान होस भनेर पनि यो कार्यक्रम गरिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.