चर्किएका घर र टहरामै छ बझाङका भूकम्प पीडितको बास

महेन्द्रनगर । अस्थायी टहरामै बास बसिरहेका बझाङको बुंगल नगरपालिकाका भूकम्प प्रभावित चिसोपछि चर्किएकै घरमा बस्न बाध्य भएका छन् । २०८० असोज १६ र २० गते गएको भूकम्पबाट प्रभावित घर परिवारले भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्न नसक्दा अस्थायी टहरामै बसिरहेका थिए ।

अहिले भने चिसो बढेका कारण टहरामा बस्न नसके पछि ज्यानलाई नै जोखिममा राखेर चर्किएकै घरमा बस्नु परेको हो । २०८० असोज १६ आएको भूकम्पले घर भत्किए पछि अस्थायी आवास निर्माण गरेरर बसिरहेको र आजभोलि चिसो बढेका कारण टहरामा बस्न नसकिने हुँदा फेरि भूकम्प आउने डर हुँदाहुँदै पनि जोखिम मोलेर भूकम्पले चर्किएकै घरमा बसिहेको बुंगल नगरपालिका २ रैसेल्लीका भूकम्प पीडित कर्ण जाग्रीले बताए ।

यस अघि बुंगल नगरपालिकाले ,पालिका भित्रका भूकम्प प्रभावितको पहिचान गरी नगरपालिका प्रभावित १ सय ८७ घर परिवारलाई अस्थायी आवास निर्माण गर्नको लागी पहिलो किस्ता बापत प्रति प्रभावित परिवार २५ हजार मात्रै उपलब्ध गराएको थियो । अस्थायी आवास निर्माण पछि दोस्रो किस्ता उपलब्ध गराउने भनिएको भएपनि अहिलेसम्म पनि दोस्रो किस्ता रकम पाउन सकेका छैनन् ।

भूकम्प प्रभावित परिवार मध्ये केहीले गत फागुनमा र केहीले गत बैशाखमा पहिलो किस्ता रकम पाएपनि दोस्रो किस्ता रकम अझै नपाएका हुन् ।अस्थायी आवास निर्माण गरी दोस्रो किस्ता भुक्तानीका लागी नगरपालिकामा सबै कागजात बुझाए पनि अझै नपाएको भूकम्प प्रभावितको गुनासो छ ।

२ किस्तामा गरी ५० हजार रुपैयाँने भनेको नगरपालिकाले दोस्रो किस्ता नदिँदा , प्रभावितले बनाउन थालेका कतिपय अस्थायी आवास अधुरै छन् भने बनाएकाहरूले ऋण तिर्न पाएका छैनन् ।

अस्थायी आवास निर्माण गरी दोस्रो किस्ता भुक्तानीका लागी नगरपालिकामा सबै कागजात बुझाए पनि अझै नगरपालिकाले दोस्रो किस्ता नदिँदा निर्माण सामग्रीको रकम तिर्न नसकेको बुंगल नगरपालिका ५ व्युनाडाका राम बहादुर बिकको गुनासो छ ।

सम्बन्धित

Comments are closed.