बाजुरामा रुख काट्ने क्रममा एकको मृत्यु,दई गम्भिर घाईते

महेन्द्रनगर । बाजुरामा रुख काट्ने क्रममा रुखमा च्यापिएर एक जनाको मृत्यु र दुईजना गम्भिर घाईते भएको छन् । मृत्यु हुनेमा हिमाली गाउँपालिका–३ युनाका अन्दाजी ३५ बर्षिय सुपधन बुढा रहेका छन् । त्यस्तै कर्मलाल सुनार र सिद्धपुरी रोकाया गम्भिर घाईते रहेको स्थानिय अर्जुन रोकायाले बताएका छन् ।

आईतबार दिउँसो गोर्खा रेजिमेन्ट काधुरी नामक संस्थाद्धारा निर्माणधिन जलविधुतको लाईन तान्नका लागी ९सल्ला०को रुख काट्ने क्रममा सोही रुखले च्यापिएर बुढाको घटाना स्थलमै मृत्यु भएको स्थानिय रोकायाले जानकारी दिएका छन् । उनका अनुसार सुनार र रोकाया गम्भिर घाईते भएको बताएका छन् ।

घटना बारे बिस्तृत विवरण संकलन गर्न प्रहरि र जनप्रतिनिधिको टोलि घटना स्थल तर्फ गइरहेको तथा गम्भीर घाइतेहरुको उपचारका लागि हेलिकप्टरको ब्यबस्थापन गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

सम्बन्धित

Comments are closed.