श्रीमती कुटने प्राध्यापक भट्टमाथि शिक्षक महासंघद्वारा कार्बाहीको माग

महेन्द्रनगर । नेपाल शिक्षक महासंघले सुदूरपश्चि विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेको छ ।

शिक्षक महासंघ भीमदत्त नगर समिति र कञ्चनपुर जिल्ला कार्य समितिले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर सुपविका उपप्राध्यापक पृथ्वीराज भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेको हो । शिक्षक महासंघ जिल्ला, नगर समितिले महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)मा कार्यरत शिक्षिका समेत रहेकी जयन्ती भट्टलाई मादक पदार्थ सेवन गरेर कुटपिट गरेको भन्दै कार्बाहीको माग अघि सारेका हुन।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलेकै बेला प्राज्ञिक क्षेत्रका व्यक्तिबाट यस्तो कार्य निन्दनिय भएको समेत उख्लेख गरेका छन । शिक्षक महासंघ भीमदत्त नगरका उपाध्यक्ष नवराज जोशी, सह सचिव गोपाल दत्त जोशी, अध्यक्ष दिवाकर जोशी र जिल्ला जगदिश प्रशाद जोशीले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा दोषिलाई पक्राउ गरेर कानुनी कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।

प्राज्ञिक क्षेत्रकै व्यक्तिबाटै यस्तो कार्य निन्दनिय भएकाले आगामी दिनमा स्वयम शिक्षक, प्राध्यापकबाटै यस्तो कार्य न्यूनिकरणमा जोडदिएका छन ।

सम्बन्धित

Comments are closed.