महेन्द्रनगर । कञ्चनपुरमा कार्यरत महिला अधिकारकर्मीहरुले ज्ञापनपत्र बुझाएका छन् । पछिल्लो समयमा कञ्चनपुरमा घटिरहेका विभिन्न घटनाहरुको विषयमा मंगलवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा विभिन्न क्षेत्रमा कार्यरता महिला अधिकारकर्मीहरुले ज्ञापनपत्र बुझाएका हुन् । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा महिला माथी विभिन्न अपारधिक घटनाहरु भईरहेको भएर यसमा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग राख्दै ज्ञापनपत्र बुझाईएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले आफनो श्रिमतीलाई कुटपिट गरेको विषय, भीमदत्त नगरपालिका–८ तिलाचौरकी ३० वर्षीया ज्योती विष्टको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी पतिले हत्या गरेको र बेलौरी नगरपालिका–६ भुराकोटकी ४३ वर्षीया जनककुमारी रानाले सुतीरहेका पतिको टाउँकोमा ईटाले प्रहार गरी हत्या गरेको घटनाप्रति पनि हाम्रो गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापाले अपराधीले उन्मुक्ती पाउन नहुने र कानुनमा उल्लेख भए बमोजिम कानुनी कारवाही हुनुपर्ने बताउनु भयो । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस, महेन्द्रनगरमा कार्यरत उप–प्राध्यापक पति पृथ्वीराज भट्टले मादक पदार्थ सेवन गरी निर्घात रुपले मरणासन्न हुनेगरी कुटपिट गर्नु बमानविय व्यवहार भएको भएर कानुनमा जे उल्लेख गरिएको छ, त्यही बमोजिम कारवाही हुनुपर्ने बताउनु भयो ।
यस्तै, गैसस महासंघका अध्यक्ष लक्ष्मी बोहराले उक्त घटनाको निश्पक्ष छानबिन गरी कानुन अनुरुप कारवाही हुनपर्ने बताउनु भयो । कुनै पनि किसिमको राजनितिक हस्तक्षेप नभई कानुनी दायरमा ल्याएर कारवाही हुनुपर्ने बताउनु भयो ।
यता, प्रमुख जिल्ला अधिकारी नारायणप्रशाद सापकोटाले अहिले अभियुक्तलाई प्रहरीले थुनामा राखेर कारवाही प्रक्रिया अगाढी बढाएको भएर दोषी ठहर भएमा कानुन बमोजिम कारवाही हुने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेशराज जोशीका अनुसार कुटपिट गर्ने भट्टलाई हिजो (सोमबार) नियन्त्रणमा लिएको बताए।
उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अदालतबाट म्याद थपको प्रक्रिया चलिरहेको उनले बताए । देशव्यापी रुपमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको वेला महिलामाथि हुने सबै प्रकारका हिसा न्यूनीकरण गर्न अग्रणी भूमिका निर्वाह गर्नु पर्ने उप–प्राध्यापक जस्तो जिम्मेवार र गरिमामय पदमा रहनुभएका व्यक्तिले मदिरा सेवन गरी पत्नीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने कार्य निन्दनीय भएको मानव अधिकारकर्मी, महिला अधिकारकर्मीहरुको भनाई रहेको छ ।
Comments are closed.