महेन्द्रनगर । कञ्चनपुरमा ३३ औ अन्तर्राष्ट्रिय अपाङगता दिवस विभिन्न जनचेतना मुलक कार्यक्रम गरी सम्पन्न गरिएको छ । मंगलवार जिल्लामा रहेका सरोकारवाला संस्थाहरु निकायहरुले उक्त दिवस भव्यताको साथ सम्पन्न गरेका हुन् । मदन चोकबाट य्रालीको आयोजना गर्दै बजार परिक्रमा गरी संविधान चोक ( मेहन्द्र स्मारकमा ) कार्यक्रम गरी समापन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले भीमदत्त नगरपालिकाले जहिले पनि अपाङगताको क्षेत्रमा रहेर बजेट विनियोजन गरेर काम गरिरहेको बताउनु भयो । यो कार्यक्रममा पनि आर्थिक सहयोग गरेर उहाँहरुको हौसला बढाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
यो क्षेत्रको समग्र विकासका लागी सबै संघसंस्था स्थानिय पालिकाले उहाँहरुको जिविकोपार्जनका लागी, स्तर उन्नती गर्नका लागी साथ रसहयोग गरिनु पर्ने बताउनु भयो । राष्ट्रिय अपाङग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष उपेन्द्रबहादुर खडायतले सप्ताहव्यापी यो दिवसको आयोजना गरिएको बताउनु भयो ।
१४ गतेदेखी विभिन्न अपाङगता भएका व्यक्तीहरु संग रहेर जनचेतना मुलक कार्यक्रमहरु, खेलकुद, चित्रकला प्रतियोगिता, लगायतको अयोजना गर्दै १८ गते सम्पन्न गरिएको बताउनु भयो । संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।
यसवर्षकोे राष्ट्रिय मूल नाराको रुपमा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” भन्ने मुल नारासहित यस वर्षको अपाङ्गता दिवस भव्यताको साथमा मनाईएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कुल जनसंख्याको १६ प्रतिशत अपांगता भएका व्यक्ति छन्।
अपांगता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपांगता भएका व्यक्ति बञ्चित छन्। उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपांगता भएका व्यक्ति छन्।
Comments are closed.