महेन्द्रनगर । वेदकोट नगरपालिका ७ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बुधवार लागुऔषध दुव्र्यशन विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।
“हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथमा पालिकाले १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ । वेदकोट नगरपालिकाको वडा नम्वर ७ मा रहेको श्री घटाल माध्यमिक विद्यालयमा आमा समुह, महिलाहरुको समुहमा आवद्ध सदस्यहरु, विद्यार्थीहरु जनप्रतिनिधीहरुका माझमा विभिन्न जानकारी मुलक विषयमा छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी रहनुभएका वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले मानव विकास अपरिहार्य रहेको र आफनो परिवारबाट नै आफना बालबालिकाहरुको मष्तिश्कमा सकारात्मक सोच र विचारको विजारोपण गरिनु पर्ने बताउनु भयो ।
भविश्यका कर्णधार विद्यार्थीहरुले भोली गएर राष्ट हाक्ने भएकाले अहिले देखी नै राम्रा कामहरु सकारात्मक कामहरु गर्दै जाने,हिँसा नगर्ने पिडा नदिने, शान्ती निर्माणमा अहम भुमिका खेल्नु पर्ने बताउनु भयो । आफनो आनीबानी आचरणहरु राम्रो बनाउने, नैतिकवान बन्ने, संस्कारी र रामे काम गर्नका लागी अरुलाई सिकाउनु पर्ने र आफनो संस्कार ससंस्कृतीलाई हस्तान्तरण गरिनु पर्ने बताउनु भयो ।
महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापाले लागुऔषधले अहिले पुरै देश आक्रान्त भईरहेको बताउँदै, आफना बालबालिकाहरुलाई विषेश ध्यान दिन आवस्यक रहेको बताउनु भयो । आफनो परिवारमा रहेका सदस्हरुले सबैलाई माया गर्ने सम्मान गर्ने राम्रो व्यवहार गर्ने बानी रह्यो भने अन्य छिमेकीले पनि त्यसको सिको गरेर सबैलाई सम्मानका साथमा हेरिने बताउनु भयो ।
अहिले पनि युवाहरु अधिकाँश लागुऔषधमा लागेको विषयले सबैलाई चिन्तित गरेको र आफना बालबालिकाहरुको उचित रुपमा रेखदेख र विचार गर्नुपर्ने जिकिर गर्नु भयो ।
अन्तर्राष्ट्रिय स्तरमा सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि शुरु भई डिसेम्बर १० तारिखको दिन सम्पन्न हुने गरेको छ ।
Comments are closed.