महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका –७ सुडा चोक नजिकको भत्किएको कल्भर्ट निर्माण कार्य सुरु भएको छ । भत्किएको ६ महिना पश्चात उक्त कल्भर्ट निर्माणको कार्य मंगलवारदेखी सुरुवात गरिएको छ । निर्माण कम्पनी न्यु जोशी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेर काम अगाढी बढाएको छ ।
कल्भर्ट निर्माणका लागी कार्तिक २३ गते आर्थिक प्रस्ताव खोलीएको सडक डिभिजन महेन्द्रनगरका ईन्जिनियर हरिश जोशीले बताउनु भयो । अहिले न्यु जोशी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेर आसर मसान्त सम्ममा निर्माण कार्य सक्ने गरी काम गरिरहेको बताउनु भयो ।
आफुहरुले उक्त कल्भर्टलाई प्राथमिकतामा राखेर काम गरिरहेकोे र डबल सेल बक्स कल्भर्ट निर्माण गर्न उपयुक्त हुन्छ भनेर नै काम अगाढी बढेको बताउनु भयो । सडक डिभिजन महेन्द्रनगरले कार्यालयले २ करोडको लागत अनुमानमा ठेक्का खोलेको न्यु जोशी कन्ट्रक्सनका संचालक भिमराज जोशीले बताउनु भयो ।
उक्त कल्भर्ट निर्माण गर्न १ करोड ५२ लाखमा आफु ठेक्का पाएर काम गरिरहेको उहाँले बताउनु भयो । २०८२ असार मसान्त सम्म निर्माण कार्य सक्ने भनेपनि आफुले दिनरात काम गरेर गुणस्तरिय कार्य गरी कल्भर्ट समयम नै सम्पन्न गर्ने निर्माण कम्पनीका संचालक जोशीको भनाई रहेको छ ।
असारको तेस्रो साताको अविरल वर्षातले उक्त कल्भर्ट भत्काएको थियो । अहिले कल्भर्टको दक्षिण तर्फ ह्युम पाईप हालेर सवारी साधन आवजावको लागी डाईभर्सनको व्यवस्था मिलाईए पनि सवारी साधन आउँदो धुलाम्मे भएर स्थानिय व्यापारीहरु, विद्यालय जाने विद्यार्थीहरु सबैलाई सास्ती भएको छ ।
वेदकोट नगरपालिका ९ का महेश जोशीले समयमा काम सकेर गुणस्तरिय कार्य गर्न उनले आग्रह गरेका छन् । कल्भर्ट निर्माण भईरहदा समय समयमा सरोकारवाला निकायले आएर अनुगमन गर्ने गुणस्तरिय कार्य भईरहेको छ की छैन भनेर जानकारी लिन पनि बताएका छन् ।
गत असोज १९ उक्त कल्भर्टमा सु.प्र. ०१००८ प ४०७७ नम्वरको स्कुटी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय भुवन भट्ट को कृत्यु भएको थियो भने भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय खेमराज भट्ट घाईते भएका थिए ।
Comments are closed.