विपिन जोशी जीवितै रहेको इजरायलको भनाई

महेन्द्रनगर । महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको इजरायलले जनाएको छ । प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका उनि जिवितै रहेको जनाएको हो । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए। वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् ।

‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं,’ वासले बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको भेटमा भने, ‘हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’ विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए । हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो ।

सम्बन्धित

Comments are closed.