महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको सहयात्री बहुमुखी सहकारी संस्था लिमिटेडको अध्यक्षमा दुर्गाप्रशाद अवश्थी चयन हुनु भएको छ । शनिवार संस्थाको १६ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशन बाट उपाध्यक्षमा सरस्वती भाट धामी, सचिव टेकराज बोहरा, कोषाध्यक्षमा ज्ञानु ऐर चयन हुनु भएको हो ।
यसैगरी, सदस्यमा क्रमश भावना दाहाल, झेलुराम डगौरा, द्रोपती पन्त, कमल प्रकाश जोशी, कमला विष्ट, शान्ती देवी ऐर, उमेश डगौरा चयन भएको अध्यक्ष अवश्थीले जानकारी दिनुभयो । कार्यक्रमका सभाध्यक्ष एवम निवर्तमान अध्यक्ष हरी कृष्ण जोशीले यस सहकारी संस्थाको स्थापना गाउँ टोलमा छरिएर रहेको सानो सानो पूंजी, सीप र क्षमतालाई एकत्रित गरी पूँजी निर्माण र क्षमता विकासका साथ साथै आपसी सद्भाव र भाईचारा कायम राख्नु मुख्य उदेश्य रहेको बताउनु भयो ।
सहकारीको मूलभूत मान्यतालाई यस क्षेत्रका समाजमा अग्रणी भुमिका निर्वाह गर्नु हुने समाजका अग्रज बुद्धिजीवि समाजसेवि महानुभावहरुको साथ सहयोग लिई सामाजिक रुपमा २०६३ सालको कोजाग्रत पूर्णिमाको शुभ अवसर पारी समय सापेक्ष पहलस्वरुप कोषकोरुपमा सुभारम्भ गरि ४५ जना शेयर सदस्यहरुको सहभागितामा संस्थालाई विधिवतरुपमा २०६५ सालमा डिभिजन सहकारी कार्यालयमा कन्चनपुर दर्ता गरिएको जानकारी दिनु भयो । हाल आएर निरन्तररुपमा शेयर सदस्य संख्यामा वृद्धि भई आर्थिक बर्ष २०८०÷०८१ को अन्तसम्ममा ७६७ जना शेयर सदस्यहरु (पुरुष ३८५ र महिला ३८२) रहेका छन ।
यसका अतिरिक्त वालबचत कार्यक्रममा ३०९ जना बालबालिका सदस्यहरु समेत गरी जम्मा १०७६ जना बचतकर्ताको रुपमा बचत कार्यमा निरन्तर संलग्न रहेका छन ।
यस संस्थाले हालसम्म विभिन्न आरोह अवरोह पार गर्दै आजका मितिसम्म आईपुग्दा आफ्नो सफल १५ वर्ष पूरा गरी १६औं साधारण सभा आयोजना गर्ने शुभ अवसर प्राप्त भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथीमा माननिय प्रदेश सभा सदस्य मधु भारती र बिशिष्ट अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक रहनु भएको थियो ।
Comments are closed.