महेन्द्रनगर । वेदकोट नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन छलफल तथा समिक्षा गरेर सम्पन्न गरेको छ । मंगलवार पालिकाको हलमा विगतका १६ दिनमा गरेका विभिन्न कार्यक्रमको छलफल तथा समिक्षा गरेर सम्पन्न गरिएको हो ।
वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख राधिका पन्तले लैङिगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर १० गतेदेखी सुरुवात भएको र पालिकामा रहेको १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइएको बताउनु भयो ।
१० वटा वडामा अन्तरपुस्ता सम्वाद, जनचेतना मुलकसडक नाटक, लागुऔषध विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयोे । वेदकोट नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले विभिन्न गैर सरकारी संघसंस्थाहरु निड्स नेपाल, स्वीट नेपाल, याक नेपाल, सहयात्रा नेपालको समन्वयमा विभिन्न जनचेतना मुलक कार्यक्रम गरेको थियो ।
“हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथमा पालिकाले १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गरी सम्पन्न गरिएको हो । मंगलवार सहयात्रा नेपालले यौनिक तथा लैङिगक अल्पसंख्यक समुदायमा आधारित गिती नाटकको प्रदर्शनी पनि गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले अहिले विस्तारै समाजमा सकारात्मक परिवर्तन आई रहेको बताउनु भयो । पालिकाले विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरिरहेको र विभिन्न गैरसरकारी संघसंस्थाहरको सक्रियताले अहिले समुदायमा जनचेतना पुगेको बताउनु भयो । अहिले हिंसामा परेकाहरु बाहिर निस्किएर आफनो पिडा बाहिर पिडा पोख्न थालेको बताउनु भयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले सबैले मिलेर स्वच्छता समाज निर्माण गर्नका लागी एक अर्कालाई साथ र सहयोग आवस्यक रहेको बताउनु भयो । पालिकाले हिंसालाई न्युनिकरण गर्न शान्ती समाजको निर्माण गर्न गाँउगाँउमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेर सबैलाइ सचेत गराएको बताउनु भयो ।
अन्तर्राष्ट्रिय स्तरमा सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि शुरु भई डिसेम्बर १० तारिखको दिन सम्पन्न हुने गरेको छ ।
Comments are closed.