कञ्चनपुरकी पहिलो महिला पाईलट शृष्टी बिष्टलाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरकी पहिलो महिला पाईलटलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका र महिला मानव अधिकार रक्षक संजालले पहिलो महिला को पाईलट शृष्टी बिष्टलाई सम्मान गरिएको हो ।

भीमदत्त नगरपालिका ६ ऐठपुरकी २० वर्षिया विष्टलाई कञ्चनपुरकै पहिलो महिला पाईलट कोर्ष पास गरेर जिल्लाको नाम र महिला भएर पनि शाहसिक कार्य गर्न सक्छन भनेर उदाहरण दिएको भएर सम्मान गरिएको पालिकाले जनाएको छ । उक्त कार्यक्रममा उहाँका बुवा र आमालाई समेत सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा आफनो भनाई राख्दै परिवारले साथ र सहयोग गरेको प्रती उच्च सम्मान व्यक्त गर्नु भयो । छोरी भएर पनि यस्तो शाहसिक कार्यमा आफनो परिवारको मान सम्मान र जिल्लाको पनि नाम राख्न सफल भएको भएर पालिकाले सम्मान गरेको बताउनु भयो । छोरीलाई माया उनिहरुलाई हौसला र अवसर दिने हो भने उनिहरुले पनि पूरुष सरह काम गनृ सक्ने हिम्मत राख्ने बताउनु भयो ।

शृष्टीका बुवा डा. भुपेन्द्र विष्टले आफु २ छोरीका बुवा भएको र छोरा जस्तै गरी छोरीहरुले आफुलाई र समाजलाई उच्च सम्मान दिने कार्य गरेको बताउनु भयो । अहिलेपनि समाजमा छोरा नै चाहिन्छ भन्ने जुन भ्रम छ त्यसलाई मेरो छोरी शृष्टीले तोडेको बताउनु भयो ।

पढाईमा सानै देखी अब्बल रहेकी शृष्टीले पाईलटको कोर्ष पनि सम्मानजनक अंक ल्याएर समय भन्दा अगाढी नै पास गरे रिकर्ड नै कायम गरेको बताउनु भयो । समान्य तया उक्त कोर्ष गर्न ४ देखी ५ वर्षमा पनि नसकेको अवस्थामा उनले १९ महिनामा उत्कृष्ट भएर पास गरेको बताउनु भयो ।

साथै पालिका र मानव अधिकार तथा महिला रक्षक संजालले गरेको सम्मानले थप आफुलाई छोरीको बुवा हुनुमा गर्व महसुस भएको बताउनु भयो । अहिले पनि हाम्रो समाजमा छोरीलाई लगानी नगर्ने, धेरै नपढाउने अवस्था रहेको र छोरालाई मात्रै लगानी गर्ने परम्पराको रपमा रहेको छ यसलाई तोड्न सकिन्छ छोरी पनि कोही भन्दा कम छैनन, है भन्ने गतिलो उदाहरण आफनै छोरी रहेको र आफुलाई अत्यन्तै खुसअी लागेको बताउनु भयो ।

यता, शृष्टीले छोरीहरु भनेका तनाव होईनन् १० छोरा बराबरका साथ दिने हुन भनेर बताउनु भयो । आफुलाई विश्वास गरेर परिवारको साथ र सहयोग पाएर नै आफुले यो पाईलटको कोर्ष पुरा गर्न सकेको बताउनु भयो । धेरै चुनौती कठिनाई लाई पार गरेर यो सफलता हात पार्न सकेको र आफनो बुवा र आमाले गर्दा मात्रे यो स्थानमा पुग्न सफल भएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.