महेन्द्रनगर । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल०को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । जनकपुरले लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो । जितसँगै ६ खेलबाट १० अङ्क बनाएको जनकपुर तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको पाँच खेलबाट ८ अङ्क छ । जनकपुरसँग पराजित काठमाडौँको ५ खेलबाट ४ अङ्क छ । काठमाडौँको प्लेअफ पुग्ने सम्भावना कायम छ । जितका लागि १०२ रनको सामान्य लक्ष्य पाएको जनकपुरले १५।५ ओभरमा ५ विकेटको क्षतिमा १०४ रन जोड्दै लक्ष्य भेट्टाएको हो । जनकपुरका लागि जेम्स निसमले २७ रन बनाए ।
यस्तै हर्ष थाकरले अविजित २५, ओपनर लाहिरु मिलान्थाले १६, मोहमद मोसिनले अविजित अविजित १३ र कप्तान अनिल शाहले ११ रन बनाए । बलिङमा काठमाडौँका करण केसीले २ तथा शाहब आलम, दीपेश कडेल र जेरार्ड इरसमसले १(१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९।३ ओभरका सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो ।
काठमाडौँका लागि जेराल्ड इरसमसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसीले १९ र स्टेफन स्किनजीले १७ रन बनाए । काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका ललित राजवंशी र शेर मल्लले ३(३ विकेट लिए । मोहमद मोसिमले २ तथा किशोर महतो र अरनिको यादवले १(१ विकेट झारे ।
जनकपुरले अब लिगको अन्तिम खेल शनिबार चितवन राइनोजसँग खेल्नेछ । काठमाडौँले पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ ।
Comments are closed.