भीनपा ९ की मानमती कामी फलाम कुटेर परिवार पाल्दै

महेन्द्रनगर । महिलालाई फलाम कुटने काम अनि आम्दानी गरेर आफनो परिवार पाल्नु कम जोखिम छैन, । हिम्मत, अनी केही गर्नु पर्दछ भन्ने सोचका साथमा आफनै देशमा मिहिनेत गरेर आम्दानीको बाटोमा भीमदत्त नगरपालिका ९ की मानमती कामी हिँडि रहनु भएको छ ।

आफनो परिवारका सदस्यहरुको आवस्यक्ता लाई पुरा गर्न रातदिन मिहिनेत गरेर केही बचत पनि गर्नु चुनौती रहेको छ । आफनो श्रिमानलाई आरन पेशामा सहयोग गर्दै भीमदत्त नगरपालिका ९ की मानमती कामीले भारतमा गएका श्रिमानलाई फर्काएर अहिले आफनै आरन पेशालाई आधुनिकता जोडेर काममा लगाउनु भएको छ ।

विगतमा धेरै वर्ष भारतमा आफनो समय विताउनु भएका उहाँ का श्रिमान अहिले संगै आरनमा काम गरिरहनु भएको छ । उहाँका श्रिमानले आफनो उर्जावान समय भारतमा बिताएको स्मरण गर्दै, अब आफनै गाँउमा दुवैजनाले मिलेर काम गरिरहनु भएको छ ।

कोईकाको आर्थिक सहयोग निड्स नेपाल र अक्सफामको संयुक्त साझेदारीमा संचालिन आप्रवासी परिवारको लागी आर्थिक उत्थानसिलता कार्यक्रम मार्फत केही औजारहरु सहयोग गरेपछि अहिले दुवैजनाले गाँउमा नै आफनो आरन पेशालाई चलाई रहनु भएको छ ।

‘अहिले गाँउमै काम चलिरहेको छ, खान लगाउन र केही आम्दानी भएको रकमलाई बचत पनि गर्ने गरेका छौ, मानमती कामीले भन्नुभयो, ‘पहिले आरन व्यवसायमा खासै आम्दानी नहुने गाँउ घरमा पनि काम नहुने आफुहरु संग औजार पनि थिएनन’ अहिले औजार पनि संस्थाले सहयोग गरेको छ, काम पनि राम्रो हुने, बजारमा गएर पनि काम गर्ने वातावरण बनेको छ,

अहिले म गाँउमा हसिया, कोदाली कुटोलगायतका पुराना हतियारहरु मर्मत गर्ने त्यसमा धार लगाउने, सकै काम गरिरहेछु भने, श्रिमान बजारमा गएर काम गर्नु हुन्छ आम्दानी पनि भई रहेको छ । गएको महिना बजारमा गएर श्रिमानले केही रकम आम्दानी पनि गरेपछि श्रीमती मानमती कामी खुसी हुनु भएको छ ।

अहिले आफनै गाँउमा पनि आम्दानी भईरहेको उहाँले बताउनु भयो । आफनो बन्द अवस्थामा पुगेको आरन पेशालाइ लगानी गरे आम्दानी बढाउनमा सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गरिन ।

सम्बन्धित

Comments are closed.