महेन्द्रनगर । सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपाल ईतिहास रच्न फेरी अन्तराष्ट्रिय स्तरमा जाँदैछ । बुधवार प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले भारतको कलकत्तामा हुने प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपेन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा भाग लिन जाने खेलाडीहरुलाई भव्य कार्यक्रमको आयोजना गर्दै विदाई गर्नु भएको छ ।
पौष ६ र ७ गते हुने खेलमा अफिसियल र खेलाडी गरी ४२ जनाको सहभागिता रहने भएको छ । खेलाडीहरु र अफिसियलहरुलाई प्रमुख जिल्ला अधिकारी सापकोटाले नेपालको झण्डा, खादा, अविर लगाएर विदाई गर्नु भएको छ । यो भन्दा अघिल्लो समयमा ४ पटक भारतमा भएका अन्तराष्ट्रिय स्तरका खेलमा प्रथम स्थान हासिल गरेको यो संघले यो पटक पनि प्रथम हुने अपेक्षाको साथमा विदाई गरिएको हो ।
अफिसियल र खेलाडी ४२ जनाको टिम विहिवार भारत प्रस्थान गर्ने भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सापकोटाले भारतमा जाने सबै खेलाडीहरुलाई प्रथम स्थान हासिल गरेर देशको नाम उच्च राख्न आग्रह र बधाई दिनु भयो । उक्त क्षेत्रमा अनुसासितका साथमा खेल खेलेर प्रथम स्थान हासिल गर्ने गरी आफनो सिप कलाको प्रदर्शन गर्न खेलाडीहरुलाइै हौसला प्रदान गर्नु भयो ।
पछिल्लो समयमा युवाहरु कुलतमा फस्दै गएको बताँउदै यो खेलकुदको माध्यमले युवाहरुको स्वास्थ्य राम्रो हुने, भविश्य पनि खेलकुदको क्षेत्रमा उज्वल हुने भएकाले सबै खेलाडीहरुलाई अग्रिम जितको शुभकामना व्यक्त गर्नु भयो ।
यस्तै, जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले आफुहरुले विगतमा भएका ४ वटा अन्तराष्टिय स्तरका खेलमा प्रथम स्थान हासिल गरेको बताउनु भयो ।
यो पटक पनि देशको नाम उच्च राख्न सफल हुने गरी बढी भन्दा बढी स्वर्ण पदक जितेर देशको नाम र शानलाई अझै विश्व सामु पहिचान गराउने लक्ष्यका साथमा तयारी गरेको बताउनु भयो ।
Comments are closed.