सुन्दर डडेल्धुराको अमरगढी ४ मा जन्मिएका समाजसेवी विनय प्रकाश मल्लद्वारा विपन्न विद्यार्थीलाई न्यानो लुगा सहयोग

महेन्द्रनगर । डडेल्धुरा जतिको सुन्दर छ त्यतिकै सुन्दर मन भएका समाजसेवी पनि डडेल्धुराले जन्माएको छ । पछिल्लो समय डडेल्धुरामा दिनदुखी, गरिव, दलित, एकल महिला, जेष्ठ नागरिक, शिक्षा, स्वास्थ्य, धार्मीक कार्य, लगायतमा समाजसेवी विनय प्रकाश मल्लले आर्थिक सहयोग गरी दुखमा परेका समुदायको मुहारमा खुसी दिइरहनु भएको छ ।

घाउमा जसरी औषधी मलहमले राहत महसु गराँउछ, त्यसरी नै समाजसेवी मल्लले दिनदुखी गरिब, विपन्नको क्षेत्रमा उनिहरुको दुखमा मलहम लगाएर उनिहरुलाई राहत महसुस गराई रहनु भएको छ । अहिले फेरी उहाँले डडेल्धुराको अजयमेरु गाँउपालिका ४ मा रहेको श्री मणिलेक मावी चिपुरमा अध्ययनरत गरिव, दलित, विपन्न अशक्त, विद्यार्थीहरुलाई न्यानो कपडाहरु सहयोग गर्नु भएको छ ।

कक्षा २ मा अध्ययनरत छात्रा माधवी भाट, कक्षा ४ का भुवन भाट, कक्षा ८ का विमला शार्की,विनोद गिरी, रोशन शार्कीलाई न्यानो लुगा वितरण गरिएको छ । यसैगरी, कक्षा ९ का जीवन शाहु, प्रीन्सा शाहु, कक्षा १० का सन्तोष शार्की, पवित्रा विष्ट र कक्षा ११ का यशोदा विष्टलाई न्यानो लुगा सहयोग गरिएको छ ।

विद्यालयका शिक्षक कृष्ण प्रसाद शर्माले समाजसेवी विनय प्रकाश मल्लले गरिरहनु भएको सामाजिक कार्यको चर्चा व्यापक रहेको र डडेल्धुराका जनताहरुको मन मुटुमा बस्नुका साथै सञ्जीबीनी बुटी बनी डडेल्धुराको जनप्रतिनिधी भएर जिल्लाको उद्धारकालागी राजनीतीमा आई गरिव दिनदुखीको सेवामा र समाजको विकासमा लाग्न आग्रह गर्नु भयो ।

आफनो विद्यालयमा अध्ययनरत गरिव दिनदुखी विद्यार्थीहरुलाई यो चिशोको समयमा न्यानो लुगा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । यस्तै, सन्तोष शार्कीका बुवा टेक शार्कीले आफनो दैनिकी जिवन निर्वाह गर्न पनि धौधो परिरहेको बेलामा समाजसेवी मल्लले गरेको यो सहयोगले निकै राहत भएको बताउनु भयो ।

चिशोमा न्यानो लुगा बालबालिकालाई सहयोग भएपछि अन्य विद्यार्थीका अभिभावकहरुले पनि समाजसेवी मल्ललाई धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित

Comments are closed.