कञ्चनपुरका डा. लुहारले राखे बिश्व किर्तिमानी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मा जन्म लिएका डा.नरिराम लुहारलाई सम्मान गरिने भएको छ । उहाँले ३ बर्षको समयावधीमा २२ किताब लेखेर विश्व किर्तिमान राखेको मा सम्मान गरिने भएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका ९ बह्मदेबमा जन्मेका डा.नरिरामले ३ बर्षको समयावधीमा २२ किताब लेखेर बिश्व किर्तीमान राखेका हुन् । जेनित बुक अफ रेर्कडले भारत नेपाल मैत्री पुशुपती धरमशाला काठमाडौमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा बिश्व किर्तीमान राखेका डा. नरिरामलाइ सम्मान गर्न लागेको हो । साथै डा. नरिराम लुहार ब्रिलिएन्स अवार्ड बाट सम्मानित हुन लागेका छन ।

थुप्रै पुस्तक लेखिसकेका डा.नरिराम लुहार बेस्ट राइटरको बिधामा उक्त अवार्ड बाट सम्मानित हुने भएका छन । उक्त कार्यक्रम यहि पौष ७ मा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, माधब कुमार नेपाल लगायत नेपालका शिर्ष नेताहरुको उपस्थितिमा भारत नेपाल मैत्री पशुपती धरमशाला काठमाडौमा हुन लागेको छ ।

सम्बन्धित

Comments are closed.