कञ्चनपुरमा हात्ती पिडितलाई ‘राती भएपछि बिहान को सुर्य हेर्न पाईदैनकी भन्ने चिन्ता’

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा जंगली हात्तीले गर्दा स्थानियहरुले ज्यान गुमाउनका साथै आफनो अन्नपात पनि भित्राउन र घरबार जोगाउन पाएका छैनन् । हात्तीको कोरिडोर र हात्तीबाट बाँच्नका लागि दिर्घकालिन योजना अघि नहुँदा हात्तीले वर्षेनी मानविय एव भौतिक क्षति गरिरहेको छ । हात्ती बाहिरिने क्रमले मध्यवर्ती क्षेत्रका किसानलाई बालीनाली जोगाउन हम्मे छ ।

पछिल्ला केहि महिनायता कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा हात्तीले आतंक मच्चाएको छ । किसानको धानबाली भित्र्याउने समयदेखि जिल्लामा जंगली हात्तीको झुण्डले कतिपय स्थानमा क्षती गर्दै आएका छन् । बालीनाली मात्रै नभएर मानविय क्षती समेत भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको संरक्षित क्षेत्रबाट आउने हात्तीले यहाँ क्षती गर्दै गएका छन् । मध्यवर्ती क्षेत्र मात्रै नभएर चुरेसम्म आउजाउ गर्ने हात्तीको झुण्डले स्थानीय बासिन्दाको निन्द्रा नै भगं गरेको छ । पहिलेको समयमा अन्नपाक्दा उखुको सिजनमा हात्तीको झुण्ड रातकिो समयमा आउने गरेको भएपनि अहिले दिउँसो नै खेतमा आएर बालीनाली नोक्सान गर्ने जिउधनको पनि हानी गर्ने गरेको पाईएको छ ।

लालझाडी ६ ढक्का शिवीर आरक्ष पिडित जिल्ला संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायले आफनो शिविरमा आरक्ष पिडितहरु रहेको र सरकारले जनावरहरुको कडा सुरक्षाको व्यवस्था गरेपनि हामी मानवको सुरक्षा नभएको बताए । पछिल्लो ढाई महिनादेखी निरनतर हात्तीहरु आउने र घरखेत सबैमा नोक्सानी गर्ने बस्ती नै तहसनहस गर्ने खालको गतीबिधी बढेको बताए ।

जनावरहरुको राम्रो सुरक्षाक दिन सक्ने सरकारले मानवको विषयमा किन चासो नदिएको होलान भनेर अच्चम लागेको बताए । मानविय धर्म भित्र हाम िआरक्ष पिडित नपर्ने आवसथा आएको र मानव अधिकारवादीहरुले पनि खासै चासो नदेखाएको जस्तो आफुहरुलाई लागेको बताए ।

बालबालिका सुत्केरी महिलाहरु अझै बढी जोखिमयुक्त जिवन निजर्वाह गर्नुपर्ने बवअस्था रहेको बताए । अहिले २३ वर्ष भयो जंगलमा बास भएको तर अहिले सम्म कसैको पनि सरकारले व्यवस्था नगरेको बताए । हामी सरकारलाई जिताउने भोट दिने मात्रै काम गरेको छौ सरकारले आफुलाई केही पनि व्यवस्था गर्न सकेन, ।

सम्बन्धित

Comments are closed.