महेन्द्रनगर । विश्व ध्यान दिवसको अवसरमा भीमदत्त नगरपालिका १८ मा रहेको अमर सहिद टोल र जानकी टोलका स्थानियहरु भेला भई प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ । गिता दर्शन र जिवन दर्शनका बारेमा ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र ओझाले प्रवचन दिनु भएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथीमा भीम नगर पालिकाका उपप्रमुख निलम लेखक रहनु भएको थियो भने, जेष्ठ नागरिक समाजका टोल अध्यक्ष पुरुषोत्तम अर्यालले अध्यक्षता ग्रहण गर्नु भएको थियो । स्वागत मन्तब्य पूर्व प्रधानाध्यापक गोविन्द विष्टले दिनु भएको थियो ।

उक्त प्रवचनमा उपयुक्त खानपिन,सकारात्मक व्यबहारलाई आफनो जिवनमा लागु गर्नु पर्ने लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । साथै, आफनो व्यवहारिक जिवनमा कर्म गर्ने अधिकार भएपनि उक्त कर्म अनुसारको फल स्वत्तः पाईने कुरा गिताको दर्शनमा उल्लेख रहेको प्रवचनकर्ता सुरेन्द्र ओझाले बताउनु भयो ।
साथै मानवले आफनो कर्म अनुसारको फल पाउनको लागी पनि सतकर्ममा लाग्नुपर्ने आफनो व्यवहारमा पनि उपयुक्त कर्र्म गरी आफुमा भएको काम, क्रोध, लोभ, मोह, द्वेष र ईर्ष्या त्यागेर आफु र घरपरिवार एवम समाजलाई समुन्नत बाटोमा लगाउनु पर्ने शिक्षा गिताले प्रदान गरेको उहाँले बताउनु भयो ।

अहिलेको विषम परिस्थीतीमा उक्त कुराहरु आत्मसात गर्न सके सम्पूर्ण समस्याको समाधान हुने कुरा समेत उक्त प्रवचन कार्यक्रममा प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक समेत सय जना भन्दा बढीको उल्लेखनिय सहभागिता रहेको थियो । भीमदत्त नगरपालिकाका विभिन्न वडाहरुमा २२ वटा कार्यक्रमहरु सम्पन्न भई शनिवार २३ औ प्रवचन कार्यक्रम सुर्याेदय सहकारीको हलमा सम्पन्न गरिएको हो ।
Comments are closed.