क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा डोटीका २ जना पक्राउ

महेन्द्रनगर । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डोटीको सिलगढी नगरपालिका घर भई अहिले कीर्तिपुर बस्ने गणेश साउद र डोटीकै आदर्श गाउँपालिका घर भई कीर्तिपुर बस्ने अशोक साउदलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको र अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराएपछि उनीहरुले जनकपुरका समर्थकमाथि अभद्र व्यवहार गरेका थिए ।

पक्राउ परेका साउदद्धयले अपमानजनक शब्द प्रयोग गरेको, साम्प्रदायिक सद्भाव विगार्न खोजेको र केही व्यक्तिलाई अभद्र व्यवहार गरेको बताइएको छ ।

सम्बन्धित

Comments are closed.