सन्जिवनी नेपालको भीमदत्तमा जलवायु अनुकुलन कार्य विधीमा दोस्रो पटक छलफल

महेन्द्रनगर । सन्जिवनी नेपालले जलवायु अनुकुलन कार्य विधीमा दोस्रो पटक छलफल गरेको छ । पहिलो छलफल मंसिर १३ गते भएको थियो भने, मंगलवार पनि विधायन समिति संग छलफल भएको हो । भीमदत्त नगरपालिकामा कार्यवाहक नगरप्रमुख निलम लेखक, वडा अध्यक्षहरु, निमित्त कार्यकारी अधिकृत लगायतहरु संग जलवायु अनुकुलन कार्य विधीमा छलफल गरिएको हो ।

भीमदत्त नगरपालिकामा कार्यवाहक नगरप्रमुख निलम लेखकले पालिकाले जलवायु परिवर्तन र विपदको लागी काम गर्दै आईरहेको अवस्था उत्कृष्ट कार्य वाफत पुरस्कृत पनि भएको बताउनु भयो । यसैगरी आगमी दिनमा पनि केही विषयवस्तु भए यस्मा थप्ने गरी काम गरिने बताउनु भयो । अहिले डिसिएको आर्थिक सहयोगमा संचालनमा रहेको वर्थ कार्यक्रम भीमदत्त नगरपालिकामा संचालन भई रहेको छ ।

जलवायु अनुकुलन कार्यविधी बनाएर विधायक समितीसंग बसेर छलफल यसलाई अन्तिम रुप दिईने गरी काम भईरहेको संस्थाका कार्यकारी निर्देशक नितु भट्टले बताउनु भयो । यो विधायन समितीले अन्तिम रुप दिएपछि कार्यपालिकाबाट पारित गर्ने गरी केही बुँदा थप घट गर्ने गरी आजको यो कार्यक्रम गरिएको बताउनु भयो ।

साथै, जलवायु परिवर्तनबाट समुदायहरू प्रभावित भइरहेको अवस्थामा त्यसको सामना गर्न स्थानीय स्तरमा जलवायु अनुकुलन कार्य विधी आवस्यक रहेको भएर उक्त विषयमा छलफल भएको हो । जलवायु अनुकुलन अनुसार नितिनियमहरु हुनुपर्ने र त्यो नभएको पाईएको अवस्था पछिल्लो समयमा भीमदत्त नगरपालिका पनि यसको असरबाट बढी प्रभावित भएको भएर यो निर्माण गर्नुपर्ने अवस्थामा पहिलो चरणमा कार्य विधी माथी छलफल भएको बताउनु भयो ।

भीमदत्त नगरपालिकाका वातावराण् अधिकृत सविन रावलले भीादत्त नगरपालिकाले स्थानिय जलवायु अनुकुलन २०८१ बनाई रहेको अवसथामा ग्रामणि भेगमा रहेका महिला, बालबालिका, एकल महिला, जेष्ठ नागरिक, अपाङगताभएका हरु बढी प्रभावित हुने भएकाले यस्को अति नै आवस्यक रहेको बताउनु भयो ।

भिमदत्त नगरपालिकामा पनि वर्षातको समयमा बाढी आउने त्यसबाट माथी उल्लेखित समुदाय बढी प्रभावित हुने भएकाले कार्यविधी बनाइए पछि काम गर्न पनि सजिलो र प्रभावितलाई सहजता हुने बताउनु भयो । जहिले पनि विपद आएपछि मात्रै प्रतिकार्यको काम हुने, यसको लागी पूर्व तयारीको आवस्यक्ता पर्ने योजना पोलीसी निर्माणको आवस्यक्ता पर्ने हुन्छ’ उहाँले भन्नु भयो ।

सम्बन्धित

Comments are closed.