महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । ११ औं अधिवेशनबाट निर्वाचित समितिको बिहीबार पदस्थापन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी नव निर्वाचित समितिको पदस्थापन गरिएको छ ।
मंसिर २८ गते सम्पन्न महासंघको ११ र्औं अधिवेशनबाट सुरेश धामीको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ समिति निर्वाचित भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष धामीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आभार व्यक्त गरे । उनले नयाँ समितिलाई पत्रकार, पत्रकारिता र प्रेस स्वतन्त्रताका लागि सधं्रै सक्रिय भएर लाग्न सुझाव दिए ।

पदस्थापन कार्यक्रम अवसर पारी पत्रकार महासंघ भवनको तेस्रो तला उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला मन्त्री थापाले शिलालेख अनावरण गरी उद्घाटन गरे । पदस्थापन कार्यक्रमपछि नव निर्वाचित अध्यक्ष धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि थापाले नव निर्वाचित पदाधिकारी र सदस्य लगायतलाई खादा लगाएर सम्मान गरे ।
कार्यक्रमका प्रमुख अतिथि थापाले पत्रकार महासंघको भवन निर्माणका लागि सहयोग गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै आगामी दिन सहकार्य गर्ने बताए । पत्रकार महासंघ निर्वाचन समितिका सदस्य अधिवक्ता प्रकाश पाण्डेय, पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्षद्वय लक्ष्मण तिवारी र विष्णुदत्त अवस्थी लगायतले शुभकामना मन्तव्य राखे ।
महासंघका नव निर्वाचित अध्यक्ष धामीले अग्रज पत्रकार सहित सबैसित सल्लाह सुझाव लिएर अघि बढ्ने उल्लेख गरे । उपाध्यक्ष पद मा अमरबहादुर चन्द, उपाध्यक्ष महिलातर्फ धर्मा रोकाया, सचिवमा कुन्दन पाण्डेय, सह–सचिव गोकुल जोशी, सह–सचिव समावेशीमा किशोरकुमार तामाङ, विजयी भएका थिए ।
यसैगरी, कोषाध्यक्षमा मोहन बिष्ट, महिला सदस्यमा एश्वर्या कुवँर, दलित सदस्यमा धनबहादुर विक, जनजाति आदिवासी सदस्यमा दानसिंह डगौरा (थारु), सदस्यतर्फ केशव भट्ट, दिनेशराज ओझा, धनबहादुर महता, भवानीदत्त भट्ट, माधव पौडेल, सुजित सिनाल, सुरेश भट्ट, हरिलाल जोशी विजयी भएका थिए ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक लक्ष्मीदत्त जोशीले नव निर्वाचित अध्यक्ष धामी सहित पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरे । यसैगरी महासंघका निवर्तमान अध्यक्ष माधव सिह धामीले नव निर्वाचित अध्यक्ष सुरेश धामीलाई पदभार हस्तान्तरण गरे । कार्यक्रममा प्रदेश प्रतिनिधि परिषद सदस्य र केन्द्रीय प्रतिनिधि परिषद सदस्यहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ ।
निर्वाचन समितिका समिति अधिवक्ता प्रकाश पाण्डेय लगायतले उनीहरुलाई प्रमाण पत्र प्रदान गरे ।समिति निर्वाचित भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष धामीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आभार व्यक्त गरे । उनले नयाँ समितिलाई पत्रकार, पत्रकारिता र प्रेस स्वतन्त्रताका लागि सधै सक्रिय भएर लाग्न सुझाव दिए ।
पदस्थापन कार्यक्रम अवसर पारी पत्रकार महासंघ भवनको तेस्रो तला उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला मन्त्री थापाले शिलालेख अनावरण गरी उद्घाटन गरे । पदस्थापन कार्यक्रमपछि नव निर्वाचित अध्यक्ष धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि थापाले नव निर्वाचित पदाधिकारी र सदस्य लगायतलाई खादा लगाएर सम्मान गरे ।
कार्यक्रमका प्रमुख अतिथि थापाले पत्रकार महासंघको भवन निर्माणका लागि सहयोग गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै आगामी दिन सहकार्य गर्ने बताए । पत्रकार महासंघ निर्वाचन समितिका सदस्य अधिवक्ता प्रकाश पाण्डेय, पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्षद्वय लक्ष्मण तिवारी र विष्णुदत्त अवस्थी लगायतले शुभकामना मन्तव्य राखे ।
महासंघका नव निर्वाचित अध्यक्ष धामीले अग्रज पत्रकार सहित सबैसित सल्लाह सुझाव लिएर अघि बढ्ने उल्लेख गरे । कार्यक्रममा निर्वाचन समितिका संयोजक लक्ष्मीदत्त जोशीले नव निर्वाचित अध्यक्ष धामी सहित पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरे ।
यसैगरी महासंघका निवर्तमान अध्यक्ष माधव सिह धामीले नव निर्वाचित अध्यक्ष सुरेश धामीलाई पदभार हस्तान्तरण गरे । कार्यक्रममा प्रदेश प्रतिनिधि परिषद सदस्य र केन्द्रीय प्रतिनिधि परिषद सदस्यहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन समितिका समिति अधिवक्ता प्रकाश पाण्डेय लगायतले उनीहरुलाई प्रमाण पत्र प्रदान गरे ।
Comments are closed.