महेन्द्रनगर । कञ्चनपुरमा पावर अफ युथ युवायुवती हरुको समुहले आवस्यक्ता भएकाहरुलाई लत्ताकपडाहरु सहयोग गर्ने भएको छ । पुराना कपडाहरु आवस्यक्ता भएकाहरुलाई सहयोग गर्ने गरेको पावर अफ युथका सदस्य हेमराज भट्टले बताउनु भयो ।
यो चिशोमा धेरै जना आमा बुवाहरु साना बालबालिकाहरु विपन्न गरिव परिवारहरुसंग एकजोड तातो न्यानो लुगा नभएर समस्यामा रहेको बताउनु भयो । त्यही भएर आफुहरुले सबैसंग पुराना कपडाहरु मागेर कलेक्सन गरेर आवस्यक्ता भएकाहरुलाई प्रदान गरिरहेको बताउनु भयो ।
यदी तपाई हरुसंग पनि पुराना कपडाहरु छ भने महेन्द्रनगरको ५ नम्वर गल्लीमा रहेको बर्गर हाउसमा जम्मा गरिदिन पनि आग्रह गर्नु भयो । अब आउने शनिवार मदन चोकमा लत्ता कपडाहरु सहयोग गर्ने योजना अनुरुप सबैले आफनो घरमा रहेका पुराना कपडाहरु ल्याएर आफुहरुलाई दिन आग्रह गर्नुभयो ।
साथै उहाँले खबर गय्रो भने आफै घरघरमा आएर पनि कपडाहरु ल्याउने पनि बताउनु भयो । सबैले कपडा दिनका लागी अंकित जोशी ९७४६२६४१९६, बर्गर हाउस ९८६१५९१०९२ र गोविन्द राज ९८४९१२६५०० सम्पर्क गर्नु भयो भने उहाँहरु घरमै आउने भएका छन् ।
Comments are closed.