महेन्द्रनगर । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा एक गर्भवती महिलाको बीच बाटोमै मृत्यु भएको छ। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहराको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
गर्भावस्थामा रहेको सवितालाई तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो। बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिएका छन्।
घटनाको जानकारी पाउनेबित्तिकै गाउँपालिकाबाट एम्बुलेन्स पठाइएको भए पनि आमा र बच्चालाई बचाउन नसकिएको बताइएको छ।
Comments are closed.